डढेलो प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको निर्देशन

२०८१ बैशाख १५ शनिबार

आगलागीबाट घरबास गुमाएका पीडितले खान, बस्न नपाएको गुनासो गरिरहँदा सरकारले तत्काल राहत, उद्धार तथा व्यवस्थापनको काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

 

हिजो गृह मन्त्रालयमा बसेको आपत्कालीन बैठकमा उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सबै माध्यमको प्रयोग गरेर पीडामा परेकालाई राहत र उद्धारमा सघाउन निर्देशन दिनुभएको हो । कार्यविधि र नियमावलीको पालना गर्दै आगलागी तथा अरु विपद्मा परेकालाई तत्काल राहतका लागि ढिलाइ नगर्न सरकारले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो ।

 

गृहमन्त्री लामिछानेले आगलागी र डढेलो नियन्त्रणका लागि सङ्घ, प्रदेश र पालिकाले पहल गर्नुपर्ने बताउनुभयो । केही दिनयता तापक्रम बढेसँगै देशभरि डढेलो र आगलागीका घटना बढेका छन् । गृह मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार वैशाख लागेदेखि देशका चार सयभन्दा बढी ठाउँमा आगलागी भएको छ भने दुई सयभन्दा बढी ठाउँमा डढेलो बस्ती पसेको छ।

 

दुई हप्तामा आगलागी र डढेलोका कारण १० जनाले ज्यान गुमाएका छन् । वैशाख लागेपछि सात सयभन्दा धेरै घरमा आगो लागेको छ ।  नौ सयभन्दा धेरै परिवार प्रभावित भएका छन् । २३ करोड रुपैयाँभन्दा धेरैको भौतिक क्षति भएको आंकलन गरिएको छ ।

 

अझै केही दिन उच्च तापक्रम र हावाहुरीको अवस्था रहने भएकाले आगलागीको बढ्ने जोखिम छ । डढेलो तथा आगलागीका घटना हुनै नदिन गाउँठाउँमा सचेतना अभियान सञ्चालन गर्न विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

 १५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।   बिहीबार

तीनवटा संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।   जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको ३ बुँदे निर्देशन

गृह मन्त्रालयले कुनै पनि व्यक्ति अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेपछि हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे निर्देशन जारी गरेको छ