सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

२०८१ बैशाख २७ बिहीबार

 १५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

बिहीबार सभामुख भीमबहादुर भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

 

तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको थियो ।

 

भण्डारीले उपनिर्वाचनमा सिंहका छोरा समेत रहेका कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका थिए ।

 

भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुँदा सिंहले ११ हजार ३४६ मत प्राप्त पाएका थिए ।

प्रतिकृया दिनुहोस

कांग्रेसको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको

संसदमा कांग्रेस सांसदहरुको नाराबाजी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । सभामुखले प्रतिनिभिसभा बैठकको कारबाही सुरु भएको घोषणा गर्नेवित्तिकै

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने सरकारको निर्णय

सरकारले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता