बेलाैरीमा विपद् व्यवस्थापन समिति र कार्यदल गठन

२०८१ बैशाख २७ बिहीबार

बेलाैरी,कञ्चनपुर - 

 

बिहीबार बेलाैरी नगरपालिका ७ मा विपद् व्यवस्थापन समिति र कार्यदल गठन गरिएको छ । 

 

स्थानीय सन्तु राम चाैधरीकाे अध्यक्षतामा नाै सदस्यीय कार्यसमिति गठन गरिएको बेलाैरी नगरपालिकाका कम्प्युटर अपरेटर अशाेक पाण्डेयले बताए । उनले भने- 'जलवायूको परिवर्तन संगै हुने आकस्मिक विपद् जाेखिम न्यूनीकरणका निमित्त वडा स्तरीय समिति गठन गरिएको हाे ।'

 

No description available.

 

प्राथमिक उपचारका लागि समेत रिता चाैधरीकाे संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । अपरेटर पाण्डेयले विपद् सम्बन्धि पूर्व सूचनाका लागि दिनेश चाैधरीकाे संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको बताए ।

 

No description available.

 

विपद् सचेतनाका लागि वडामा विभिन्न संयन्त्र परिचालन गरिएको वडा अध्यक्ष प्रकाश श्रेष्ठकाे भनाइ छ । उनले बर्षातमा सबैलाई सचेत रहन अपिल गरेका छन् ।

 

No description available.

 

यस्तै, यता स्थानीय सरकार एवम् बेलाैरी नगरपालिका विपद् व्यवस्थापन समितिले बाढी,पहिराे,आगलागी,हावाहुरी, बन डढेलाे जस्ता जाेखिम न्यूनीकरणलागि पूर्व तयारी गरे संगै नगरवासीमा सचेत समेत रहन अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

बेलाैरी : उद्यम विकासद्वारा तीन महिने हाउस वाइरिङ्ग तालिम सम्पन्न 

चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर -  साेमबार बेलाैरी नगरपालिका उद्यम विकास शाखाकाे आयोजनामा तीन महिने हाउस वाईरिङ्ग तालिम सम्पन्न भएको छ

सुदूरपश्चिम : ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर

सुदूरपश्चिम प्रदेशमा अझै पनि ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँचमा पुग्न सकेका छैनन । खानेपानी आयोजनाद्वारा निर्मित ‘फिल्टर’

माइती नेपाल कञ्चनपुरद्वारा तीन महिलाको उद्धार

कञ्चनपुर-   माइती नेपाल कञ्चनपुरले भारतबाट तीन जना महिला तथा बालबालिकाको उद्धार गरेको छ । उद्धार गरिएका मध्ये बझाङकी ३२ बर्षकी सबिता(नाम परिवर्तन),