बेलौरीका मेयर पाेतीलाल चाैधरीले डिआईजी केसीलाई भेटेपछि..!

२०८१ बैशाख २३ आइतबार

बेलाैरी, कञ्चनपुर
 
कञ्चनपुरको दक्षिणी क्षेत्र सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरुलाई विभिन्न बहानामा फसाउन थालेपछि बेलौरी नगरका मेयर पोतीलाल चौधरीले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआईजी) रविन्द्र केसीलाई भेटेका छन् । 


आइबार मेयर चौधरीले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख (डिआईजी) रविन्द्र केसीलाई भेटेका हुन् । 


भेटमा मेयर चौधरीले विभिन्न कामका लागि बेलौरी सहित बेलडाँडी, पुनर्वास, लालझाडी लगायतका क्षेत्रबाट नेपाली भारतीय बजार खजुरिया सम्पूर्णानगर बसही जाने र त्यहाँका केही व्यक्तिले भारतीय प्रहरी हुँ भन्दै लागू औषध खल्तीमै हालेर फसाउन थालेका घटना र गुनासा बढ्न थालेपछि डिआईजी केसीको ध्यानाकर्षण गराएका छन् ।,


मेयर चाैधरीको सचिवालयका अनुसार "डिआईजी केसीलाई नेपालीमाथि भारतीय बजारमा भईरहेको फसाउने घटनाको रोक्न गम्भिर ध्यानाकर्षण गराईएको छ ।,


मेयर चौधरीले राखेका विषयमा डिआईजी केसीले भारतीय समकक्षसंग छलफल गरेर अघि बढ्ने बताएका छन् । 

 

प्रतिकृया दिनुहोस

ट्राफिक कारबाहीबाट चार करोड राजस्व सङ्कलन

सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले चालु आवको

कैलाली : हिउँदेबाली उत्पादनमा वृद्धि

 कैलाली-   कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर-   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ।   बाह्य संरक्षण क्षेत्रबाट