जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

२०८१ बैशाख २८ शुक्रबार

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

 

अख्तियारले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले सेवाग्राहीसँग १ लाख २० हजार घुस मागेको पुष्टि भएपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नगहरि घिमिरेले जानकारी दिए ।

 

उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपालगञ्जको टोलीले वैशाख ५ गते सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।

 

उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख २० हजार बिगो मागदावी गरेको अख्तियारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

बेलाैरी : उद्यम विकासद्वारा तीन महिने हाउस वाइरिङ्ग तालिम सम्पन्न 

चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर -  साेमबार बेलाैरी नगरपालिका उद्यम विकास शाखाकाे आयोजनामा तीन महिने हाउस वाईरिङ्ग तालिम सम्पन्न भएको छ

सुदूरपश्चिम : ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर

सुदूरपश्चिम प्रदेशमा अझै पनि ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँचमा पुग्न सकेका छैनन । खानेपानी आयोजनाद्वारा निर्मित ‘फिल्टर’

माइती नेपाल कञ्चनपुरद्वारा तीन महिलाको उद्धार

कञ्चनपुर-   माइती नेपाल कञ्चनपुरले भारतबाट तीन जना महिला तथा बालबालिकाको उद्धार गरेको छ । उद्धार गरिएका मध्ये बझाङकी ३२ बर्षकी सबिता(नाम परिवर्तन),