आईपीएल क्रिकेटमा आज चेन्नई र गुजरात खेल्दै

२०८१ बैशाख २८ शुक्रबार

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् ।

 

यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ । चेन्नई ११ खेलमा १२ अङ्कसहित तालिकाको चौथो स्थानमा र गुजरात समान ११ खेलमा ८ अङ्कसहित तालिकाको पुछारमा छ ।

 

साविकको विजेता टोली चेन्नई आईपीएल क्रिकेटमा सबैभन्दा सफलमध्येको एक टोली हो । उसले पाँच पटक उपाधि जितेको छ । गुजरात आफ्नो पहिलो सिजन सन् २०२२ मा विजेता र अघिल्लो सिजन उपविजेता बनेको थियो । गएकाे वर्ष अहमदाबदमा भएको फाइनलमा चेन्नईले गुजरातलाई ५ विकेटले हराएको थियो ।

प्रतिकृया दिनुहोस

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।    न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले

हिजाे हेर्दाहेर्दैमा रहेको मुद्दा आज सुनुवाइ हुँदै

काठमाडौं -   क्रिकेटर सन्दीप लामिछानेको मुद्दाकाे आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।   मुद्दाको मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट

आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् ।   यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८