निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढौं : प्रधानमन्त्री

२०८१ बैशाख ११ मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण भएको सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् ।

 

लगानी बोर्डको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताएका हुन् ।

 

‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ,’ प्रधानमन्त्री प्रचण्डले भन्ने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, ⁠त्यसैले निजी क्षेत्रलाई नियन्त्रण होइन, सहजीकरण गरौँ ।’

 

आजको विश्वमा ⁠विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै उनले प्रोत्साहन गर्ने नीति लिंदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए ।

 

लगानी सम्मेलनलाई सफल तुल्याउनका लागि सबैले सकारात्मक भावमा काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यावहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताए ।

 

‘लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन ठोस र व्यावहारिक परियोजना प्रस्तुत गरौं,’ प्रचण्डले भने, ‘⁠सम्मेलनअघि ऐन संशोधन गरेका छौं, त्यसले लगानी बढाउन मद्दत गर्नेछ । त्यसैले पनि ठोस र व्यावहारिक योजनाहरू दिनुपर्छ, ⁠नयाँ सन्देश दिनेगरी सम्मेलन गरौं ।’

 

विकास परियोजनाको कामलाई सरलीकृत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले ⁠केही राम्रो गर्न खोज्दा अप्ठ्यारो भए पनि त्यस्ता परिस्थितिलाई राजनीतिक नेतृत्वले तोड्न सक्नुपर्ने बताए ।

 

⁠नेपालमा स्टिल उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रचण्डले त्यस्ता उद्योग स्थापनका लागि गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए । उनले ⁠कृषिमा रोजगारी सिर्जना गर्नका लागि सिंचाइलाई प्राथमिकता दिन र ⁠विकासका काम रोकिएका भए अघि बढाउन दिर्नेशन दिए ।

प्रतिकृया दिनुहोस

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

 इलाम २ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।   केहीबेरअघि सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त

इलाममा बिहान ११ बजेपछि र बझाङमा दिउँसोपछि मतगणना शुरु हुने

इलाम र बझाङमा हिजो भएको मतदानको गणनाका लागि आज सर्वदलीय बैठक बस्दैछ ।   इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना गर्नका लागि

उपचुनाव : शान्तिपूर्ण रुपमा मतदान चल्दै

उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ ।   इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको प्रदेशसभा एक (क) मा