ग्यास्ट्रिकबाट बच्ने घरेलु उपाय

२०८१ बैशाख २० बिहीबार

ग्यास्ट्रिकलाई मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनिन्छ । आमाशयको भित्रको भागमा सङ्क्रमण देखिएर छाला सुन्निने रोग नै ग्यास्ट्राइटिस हो । ग्यास्ट्रिक बढ्दै गएर घाउमा परिणत भएको अवस्था अल्सर हो । यसले क्यान्सरसम्मको समस्या निम्त्याउन सक्छ । यसको मुख्य कारण एच पाइलोरी कीटाणुको संक्रमण हो । 

 

बुफ्रिन, एन्टिबाइटिक, पेनकिलरजस्ता दुखाइ घटाउने औषधिको प्रयोग पनि ग्यास्ट्रिकको कारण बन्न सक्छ । 

 

  • ग्यास्ट्रिकका लक्षण

ग्यास्ट्रिकमा निम्न लक्षण देखिन सक्छन् : 

 

  • वाकवाकी लाग्नु ।
  • बान्ता हुनु ।
  • बान्तामा रगत देखिनु ।
  • ढ्याउ आउनु ।
  • छाती र पेटको बिचको खाल्टो वरिपरि दुख्नु ।
  • पेट फुल्नु ।
  • पेट कराउनु ।
  • कालो दिसा आउनु ।
  • कोखा दुख्नु । 
  • मुटु दुख्नु ।
  • घाँटी पोल्नु ।
  • छाती पोल्ने समस्या हुनु ।
  • पेट पोल्ने समस्या आउनु ।
  • अमिलो डकार आउनु ।
  • गन्हाउने डकार आउनु ।
  • मुखमा अमिलो पानी आउनु ।
  • खाना खान मन नलाग्नु ।
  • कालो दिशा आउनु ।
  • भोक हराउनु ।
  • कब्जियत हुनु ।

 

घरेलु उपाय : विशेषतः खानपानमा ध्यान दिनुस्

 

खराब वा असन्तुलित खानपान नै ग्यास्ट्रिकको मूल कारण हो । समयमै खाना नखानु; लामो समयसम्म भोको पेट बस्नु; तनावयुक्त दिनचर्या; चिल्लो–पिरो; भुटेको र तारेको खाना अत्यधिक खानु; शरीरले पचाउनै नसक्ने गरी खानु तर व्यायाम नगर्नुजस्ता कारणले यो समस्या हुने गर्छ । दैनिक व्यायाम गर्ने र पर्याप्त सुत्ने हो भने ग्यास्ट्रिक कम गर्न सकिन्छ । 

ग्यास्ट्रिकबाट बच्न खानपानमा ध्यान दिनुस् ।

 

  • फलफूल र तरकारी 

केरा, स्याउ, जामुन, गाजर र हरियो साग तरकारीजस्ता कम अमिलो भएका फलफूल र तरकारी खानुस् । मसालेदार तरकारी खानु हुँदैन । यस्तै, फलफूल अम्लीय प्रकृतिको हुनु हुँदैन । 

 

  • दुधजन्य पदार्थ 

कम चिल्लो भएको दुध र सादा दहीजस्ता कम चिल्लो भएका दुधजन्य उत्पादन उपभोग गर्न सक्नुहुन्छ । दही एक राम्रो विकल्प हो, किनभने यसमा स्वस्थ प्रो–बायोटिक्स हुन्छ, जसले पेट र आन्द्रामा भएको ब्याक्टेरिया संक्रमण व्यवस्थापन गर्न मद्दत गर्दछ । 

 

दही फ्रेस भएको खण्डमा खान सकिन्छ । अमिलो दही खान मिल्दैन । मोही बिहान र बेलुका खान सकिन्छ । 

 

  • पेय पदार्थ

ग्यास्ट्रिकको समस्या देखिएमा चिनीयुक्त पेय पदार्थ, कफी, सोडा र अम्लीय फलफूलको जुस सेवन नगर्नुस् । सुन्तलाको जुस वा कागतीको रस राम्रो होइन । यस्तै अमिलो खानेकुरा सकभर खानुहँुदैन

 

  • पुदिना 

पुदिनाको पात सफा पानी वा तातोपानीमा धोएर मुखमा चपाएर राख्न सकिन्छ । यसलाई बिहान–बेलुका जुस बनाएर पनि पिउन सकिन्छ । यसले पाचनप्रक्रिया बलियो बनाउन मद्दत गर्छ । 

 

  • बेसार र ज्वानो

बेसारलाई विभिन्न परिकारमा मसलाको रूपमा प्रयोग गरिन्छ । बेसारमा एन्टिभाइरस, एन्टिब्याक्टेरियल र एन्टिक्यान्सर गुण पाइन्छ । जुन ग्यास्ट्राइटिसको उपचारका लागि उत्कृष्ट विकल्प हो । बेसारमा करक्युमिन नामक तत्त्व हुन्छ, जुन पेटको समस्यामा फाइदाजनक मानिन्छ । 

 

ज्वानोमा एन्टिअक्सिडेन्ट गुण प्रचुर मात्रामा पाइन्छ । जुन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । ज्वानो सेवनले पेटको ग्यास र ग्यास्ट्राइटिसलाई कम गर्न सकिन्छ । 

 

  • लसुन

दुई–तीन पोटी लसुनलाई आगोमा पोल्नुस्, त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिसेर, जिराको धुलो, जिराको दानालाई पानीमा उमालेर सेवन गर्न सकिन्छ । 

 

  • दालचिनी

दालचिनी खानेकुरा मिसाएर वा चिसो वा तातो पानीमा उमालेर सेवन गर्दा पनि पेटलाई हल्का गराउन मद्दत गर्छ । 

 

मोटोपन हुन नदिन नियमित व्यायाम गर्न सकिन्छ । दिनमा कम्तीमा आधा घण्टा मात्रै भए पनि हिँड्ने बानी बसाल्नुपर्छ । यी सावधानी अपनाउने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ । रासस

प्रतिकृया दिनुहोस

यस्ता छन् गर्मीमा दही खानुका फाइदा

दहीको प्रयोग खानपिन मात्रै हुँदैन, छालाको हेरचाहमा पनि यसको प्रयोग गरिन्छ ।    दहीमा हाम्रो शरीरलाई आवश्यक कयौँ पोषक तत्त्व र स्वस्थ

महिनावारीको दुखाइबाट कसरी छुटकारा पाउने ?

महिलाहरू किशोरावस्थामा प्रवेश भएदेखि गर्भधारण नभएसम्म हरेक महिना योनिबाट रगत बग्छ । यस्तो रगत दुईदेखि सात दिनसम्म बग्छ र आफैँ बन्द हुन्छ । महिनामा

कुन खानेकुराबाट कस्तो पोषक तत्व पाइन्छ ?

भनिन्छ, खाना नै ओखती हो । अर्थात हाम्रो प्राण बचाउन मात्र होइन, निरोगी राख्न, तन्दुरुस्त राख्न, उर्जावान राख्न पनि खानेकुराकै भूमिका हुन्छ । खानेकुराले