कार्यसम्पादनमा उत्कृष्ट काम गरेको भन्दै एसएसपी विष्ट सम्मानित

२०८१ बैशाख २० बिहीबार

कञ्चनपुर -


कार्यसम्पादनमा उत्कृष्ट काम गरेको भन्दै बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्ट दुई प्रदेशमा कार्यरत राहदा दुबै पटक सम्मानित भएका छन् ।

 

नेपाल प्रहरी प्रदेश कार्यालयमा  कार्यरत रहदा आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट नगद पुरस्कार सहित सम्मानित भएका एसएसपी विष्ट हालै ०८०/०८१मा पनि सम्मानित भएका छन् । 


प्रहरी कर्मचारीहरुले संगठनको नीति निर्देशन अनुरुप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागीय अर्डर आदेशको पालना गर्नुका साथै आफुलाई दिइएको जिम्मेवारी पूर्ण इमान्दारी, बफादारी, प्रसंशनीय तथा अनुकरणीय तवरले कार्यसम्पादन गरेको भन्दै चालू आर्थिक वर्षमा समेत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट सम्मानित भएका हुन् । 


०५१ साल चैत्र ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका विष्ट ०७२ सालमा एसपीमा बढुवा भएका थिए भने ०७९ साल साउनमा एसएसपीमा बढुवा हुनुभएको थियो । 


इन्सपेक्टर र डिएसपी पदमा कार्यरत रहँदा एसएसपी विष्ट चुनौतीपूर्ण स्थान क्षेत्रहरुमा काम गरिसकेकोले कार्य दक्षतामा राम्रो भएको इमान्दार अधिकृत मानिन्छन् ।


एसएसपी विष्ट इन्सपेक्टर र डिएसपी हुदा अति चुनौतीपूर्ण स्थानहरुमा दक्षतापूर्वक उत्कृष्ट काम गरि धेरै पटक पुरस्कृत भइसक्नुभएका छ ।  देशमा विभिन्न समयमा विषम परिस्थितिमा चुनौतीपूर्ण स्थानमा खटिएर दक्षता समेत देखाएका प्रहरी अधिकृत हुन् । 

 

एसएसपी बिष्ट हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा धनगढी कैलालीमा कार्यरत हुनुहन्छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीलाई विश्वासकाे मत प्राप्त

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री सोडारीले राखेको विश्वासको मतको

कञ्चनपुरमा सिकारीकाे हवाई फाइरिङ्ग ! माेटरसाइकल बरामद

कञ्चनपुर -   कञ्चनपुरमा सिकारीले हवाई फाइरिङ्ग गरेकाे छ । बुधबार राति कृष्णपुर नगरपालिका-९ स्थित जानकी सामुदायिक वन क्षेत्रमा

कञ्चनपुर : आरक्ष पीडितकाे फेरि एकपटक अन्तिम डेलिगेशन

केशव थापा/ कञ्चनपुर - दुई दशक बढी समयदेखि पुर्नस्थापनाको पखाईमा रहेका कञ्चनपुरका आरक्षपीडित एक पटक फेरी न्यायका लागि संघीय सरकार समक्ष जाने भएका