इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

२०८१ बैशाख १८ मंगलबार

 इलाम २ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।

 

केहीबेरअघि सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

 

उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतले पराजित गर्नुभएको हो । कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले झण्डै तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ ।

 

२०८० साल भदौ २७ मा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ रिक्त थियो ।

 

अन्तिम परिणामअनुसार पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा उदाएको छ । पहिचानवादी नेता डकेन्द्र सिहं लिम्बुले ११ हजार चार सय ५७ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गर्नुभयो ।  

प्रतिकृया दिनुहोस

'स्टार्टअप' व्यवसाय गर्न सहुलियत कर्जा दिइने

सरकारले आउँदाे आर्थिक वर्ष एक हजार जना युवालाई 'स्टार्टअप' व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ ।   सरकारको आउँदाे आर्थिक वर्षको

सुदूरपश्चिम प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

 १५ वैशाखमा भएको उपनिर्वाचनमा बझाङ-१ को (क) निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।   बिहीबार

तीनवटा संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।   जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन