काठ कटानी प्रकरण : तीन जना विरुद्ध अख्तियारमा उजुरी

२०८१ बैशाख २० बिहीबार

कञ्चनपुर-

 

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेल सहितका वन कार्यालयका कर्मचारी सामुदायिक वनका पदाधिकारी बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छ ।

 

मिलोमतोमा काठ कटानीमा अनियमितता भएको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख कडेल सहित सव डिभिजन वन कार्यालय शुक्लाफाँटाका प्रमुख भोजराज शर्मा, सुनदेवी सामुदायिक वनका अध्यक्ष भीम बहादुर खडायत बिरुद्धमा उजुरी परेको हो ।

 

बिहीबार उनीहरु बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयमा बेनामी उजुरी परेको जनाईएको छ । अख्तियारमा दायर भएको आरोप पत्रमा चालु आर्थिक बर्ष ०८०÷०८१मा डिभिजन वन कार्यालय प्रमुख कँडेल, शुक्लाफाँटा सव डिभिजन प्रमुख शर्मा र सुनदेवी महिला सामुदायिक वनका अध्यक्ष खडायतको मितोमा सात जातको काठ स्वीकृत भन्दा ५सय क्युफिट अनुचित तरिकाले काटेर घाटगद्दीमा राखेको आरोप लगाईएको छ ।

 

शुक्लाफाँटा नगरपालिका ११ स्थित बसन्त सामुदायिक वन उपभोक्ता समुहले गत आर्थिक बर्ष ०७८÷०७९मा हालसम्म कर नतिरेको अवस्थामा पनि कानुन बमोजिम कर चुक्त गरी मात्रै कटान आदेश दिनुपर्नेमा कर चुक्ता नगरी कटान आदेश दिएर आर्थिक चलखेल गरेको दोस्रो आरोप लगाईएको छ ।

 

No description available.

 

कलुवापुरकै कृष्ण सामुदायिक वन बिरुद्धमा जिल्ला अदालत, उच्च अदालत महेन्द्रनगरमा मुद्दा विचारधिन रहेको अवस्थामा गैर कानुनी तरिकाले नयाँ कार्य समिति गठन गरेर आर्थिक चलखेल गरेर स्वीकृत कटान विपरित ७ हजार क्युफिट साल जातको काठ अनुमती दिएको आरोप छ । जिल्लाभरीका अधिकाँस सामुदायिक वनहरुमा दोहोरो, तेहोरो धरधुरी उपभोक्ता रहेको र दोहोरो घरधुरी सदस्यता हटाउन पटक पटक डिभिजन वन कार्यालय कञ्चनपुरलाई अनुरोध गर्दा पनि दोहोरो घरधुरी सदस्यता नहटाएको गुनासो छ ।

 

चालु आर्थिक बर्ष कञ्चनपुरमा सामुदायिक वनमा काठ कटानी बिक्रि वितरण खुलेसंगै कमिसनदेखि बेथिति मच्चिएको भन्दै उपभोक्ता समेत हैरान भएका छन । वनका कर्मचारी एव सामुदायिक वनका पदाधिकारीहरुले आफुहरु बिरुद्धमा परेको उजुरीमा सत्यता नभएको जनाएका छन ।

 

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कँडेलले आफु बिरुद्धमा अख्तियारमा हालेको उजुरी सत्य नभएको दावि गरेका छन । उनले आफुले कानुन अनुरुप कामगरेको र कानुन भन्दा बाहिर गएर काम नगरेको र कसैले उजुरी हाल्ने वित्तिकै त्यो सत्य हुन नसक्ने जिकिर गर्नुभयो । ‘म यहाँ जनताको सेवा गर्न आएको छु, गल्ती गरेको छैन, डराउने कुरै भएन, उजुरी हाल्ने वित्तिकै दोषि भन्ने पनि हुँदैन, कसैले मेरो बिरुद्धमा दायर गरेको उजुरी सत्यपनि होईन ।’

 

सरकारी एव सार्वजनिक निकायमा हुने भ्रष्टाचारमा ठुला कर्मचारी शक्तिशाली मान्छे संलग्न भएपछि अख्तियारले समेत यस्ता उजुरी उपर गम्भिर नभएर उजुरीमाथि छानबिन र कार्बाही गर्न ढिलाई वेवास्था गर्न थालेपछि नागरिकले समेत अख्तियारमाथि विश्वास गर्न छाडेका छन ।

 

दायर भएको उजुरीमाथि पनि छानबिन नहुने भएपनि ढिलो हुने गरेर हुने भएकाले नागरिकहरुले पछिल्ला दिनहरुमा अख्तियारमाथि शंका गर्न थालेका छन । तर, अख्तियारले भने परेका उजुरीमाथि छानबिन हुने जनाएको छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीलाई विश्वासकाे मत प्राप्त

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री सोडारीले राखेको विश्वासको मतको

कञ्चनपुरमा सिकारीकाे हवाई फाइरिङ्ग ! माेटरसाइकल बरामद

कञ्चनपुर -   कञ्चनपुरमा सिकारीले हवाई फाइरिङ्ग गरेकाे छ । बुधबार राति कृष्णपुर नगरपालिका-९ स्थित जानकी सामुदायिक वन क्षेत्रमा

कञ्चनपुर : आरक्ष पीडितकाे फेरि एकपटक अन्तिम डेलिगेशन

केशव थापा/ कञ्चनपुर - दुई दशक बढी समयदेखि पुर्नस्थापनाको पखाईमा रहेका कञ्चनपुरका आरक्षपीडित एक पटक फेरी न्यायका लागि संघीय सरकार समक्ष जाने भएका