अखिल क्रान्तिकारीकाे तालाबन्दी अभियान : कञ्चनपुरका पाँच निजी विद्यालयमा ताला

२०८१ बैशाख १६ आइतबार

कञ्चनपुर

 
चालू शैक्षिक सत्र ०८१ मा निजी विद्याल (बोडिङ्ग स्कुलहरु) ले मनपरी शुल्क लिएको भन्दै अखिल क्रान्तिकारीले कञ्चनपुरका पाँच निजी विद्यालयमा तालाबन्दी गरेको छ । 


सत्ताधारी अखिल क्रान्तिकारीले महेन्द्रनगरका पाँच निजी विद्यालय (बोडिङ्ग स्कुल)मा तालाबन्दी गरेको हो ।

आइतबार अखिल क्रान्तिकारी कञ्चनपुरले गत बर्ष भन्दा बढी शुल्क लिएका बोडिङ्ग स्कुलहरुमा तालाबन्दी गरेको जनाएको छ । 


अखिल क्रान्तिकारीले शुल्क बृद्धि खारेजी गर्नुपर्ने, गत शैक्षिक सत्र ०८० कै शुल्क कायम हुनुपर्ने, पाठ्यपुस्तक परिर्वतन गर्न नहुने, गत बर्षकै पुस्तक हुनुपर्ने, विद्यार्थीबाट हरेक बर्ष भर्ना शुल्क लिन नहुने, विद्यालयले दिने न्यूनितम १० प्रतिशत छात्रबृति वितरणका लागि दिनुपर्ने सूचना सार्वजनिक गर्नुपर्ने माग अघि सारेर तालाबन्दी गरेको जनाएको छ ।


अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले - "विद्यार्थी भर्ना अभियानकै क्रममा विद्यार्थीको हकहितका लागि उठान गरिएका बुँदा कार्यान्वयन नहुँदा जनज्योती मावि, सार्क एजुकेशन, आर्दश विद्या निकेतन, लिटिल बुद्ध एकेडेमी र ईन्टरनेशल स्कुलमा तालाबन्दी गरेको बताए ।,


क्रान्तिकारी संयोजक विष्टले निजी विद्यालयहरुले विद्यार्थी ओर्सानका लागि यातायात शुल्कमा समेत मनोमानी भएको, यातायात मापदण्ड पालना नगरेर जोखिमयुक्त ओसारपोसार गर्ने गरेको भन्दै त्यसतर्फ ट्राफिक प्रहरीले ध्यान दिनुपर्नेमा जोडदिएका छन् ।


क्रान्तिकारी गैर कानुनी विद्यार्थीलाई क्षमता बढी अध्ययन गराएको र शैक्षिक सरचना मापदण्ड समेत पुरा नगरेको विद्यालय बन्द गर्न शिक्षा कार्यालयको ध्यानाकर्षण गराएको छ ।

 

क्रान्तिकारीद्वारा तालाबन्दी गरिएका विद्यालयहरुले भने  शुल्क बृद्धि नगरिएको तर समान्य मात्रै बृद्धि भएको, पाठ्यपुुस्तक परिर्वतन नगरेको र मापदण्ड अनुरुप नै विद्यार्थी ओसार्ने काम भईरहेको जनाएका छन् ।  उक्त निजी विद्यालयहरुले कानून अनुरुप नै संचालन भएको दावी गरेका छन् ।


जनज्योति माविका प्रिन्सिपल सुरेन्द्र जोशीले भर्ना बृद्धि नभई समान्य मात्रै बृद्धि गरेको बताए । उनले नियमावली अनुरुप शुल्क बृद्धि भएको बताए । ‘शुक्लको विषयमा मैले उहाँहरुलाई सम्झाउन खोज्दा खोज्दै तालाबन्दी गरेर गईहाले, ‘उनले भने, ‘यस बारेमा अब प्याब्सन, एन प्याब्सनसंग छलफल गरेर अघि बढछौँ ।’ 


 ईन्टरनेशल स्कुलका प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले अघिल्लो शैक्षिक सत्र ०८० को तुलनामा अति समान्य मात्रै शुल्क बृद्धि गरिएको बताए ।

 

किताब परिर्वतन नभएको तर, अठराई पब्लिगेशनलाई पाठ्यक्रम विकास केन्द्रले कार्बाही गरेपछि मात्रै अंग्रेजी विषयको पुस्तक परिर्वतन गरिएको बताए । विद्यालयमा विद्यार्थीलाई मर्का पर्ने गरेर शुल्क बृद्धि नभएको, मापदण्ड अनुरुपै विद्यालयले गुणस्तर शिक्षा प्रदान गरिएको प्रिन्सिपल भट्टले बताए ।

 

क्रान्तिकारीले विद्यालयमा गरेको तालाबन्दीका विषयमा छलफलका माध्यमबाट अघि बढ्ने विद्यालयले जनाएको छ ।

 

अखिल क्रान्तिकारीले कञ्चनपुरका अन्य निजी विद्यालयले भने गरेको शुल्क बृद्धिदेखि विभिन्न पब्लिगेशनबाट कमिसन खाएर किताब परिर्वतन जस्ता मापदण्ड गैर कानुनी कामकाज बिरुद्धमा थप विद्यालय बिरुद्धमा सघर्ष गरिने जनाएको छ ।

 

निजी विद्यालयले हरेक बर्ष बृद्धि गर्ने शुल्क, पाठ्यपुस्तक परिर्वतन, निश्चित पुस्तक तथा कपडा पसलबाट किताब, स्टेशनरी, युनिफम सहित शैक्षिक समाग्री खरिद गर्न लगाउने प्रवृतिले अभिभावक, विद्यार्थी हैरानी खेप्नु परेको भन्दै क्रान्तिकारीले अभिभावको ढाँटसेक्ने र  विद्यार्थीलाई अनावश्यक बोझ नथप्न आब्हान गरेको छ । 

 

प्रतिकृया दिनुहोस

शैक्षिक विकृती रोक्ने सहमती नगरपालिकाले पालना गरेन : क्रान्तिकारी

कञ्चनपुर-   अखिल क्रान्तिकारीले सामुदायिक तथा निजी विद्यालयले विद्यार्थीबाट भर्नाका नाममा अशुलिरहेको चर्को शुल्क, पुस्तक परिर्वतन, युनफमदेखि

गायक रवि ओड प्रहरी नियन्त्रणमा

कञ्चनपुर-   वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् ।   कञ्चनपुरको कृष्णपुर नगरपालिकाका

विद्यालयमा न्यून रकमले धान्दै दिवा खाजा

कैलाली-   कैलालीको एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा सम्झना परियार बिहान ७ बजे घरमा रोटी खाएर विद्यालय आउँछिन् । सम्झनाको  आमा छैनन्, बुवा