बझाङको उपनिर्वाचनमा भोट नहाल्ने नेसपाको निर्णय

२०८१ बैशाख ८ शनिबार

बझाङ-

 

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले बझाङमा हुने प्रदेश सभाको निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ ।

 

पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले १५ वैशाखमा हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभा क्षेत्र नं १ को हकमा ‘राइट टू नो भोट’को नीति अपनाउने निर्णय गरेको हो ।


नेसपाले यसअघि इलाम–२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा भने पहिचान पक्षधरलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

 

बैठकले मुद्दा मिल्ने शक्तिहरूसँग राजनीतिक संवाद र सहकार्य गर्नको लागि पार्टी प्रवक्ता कृष्ण शर्मा, सोनामसिं स्याङतान र मानुषी यमी भट्टराई रहेको राजनीतिक संवाद समिति गठन गरेको छ ।


५ र ६ वैशाखमा चलेको सचिवालय बैठकले आगामी भदौसम्म पार्टी महाधिवेशन तयारीका लागि संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

 इलाम २ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।   केहीबेरअघि सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त

इलाममा बिहान ११ बजेपछि र बझाङमा दिउँसोपछि मतगणना शुरु हुने

इलाम र बझाङमा हिजो भएको मतदानको गणनाका लागि आज सर्वदलीय बैठक बस्दैछ ।   इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना गर्नका लागि

उपचुनाव : शान्तिपूर्ण रुपमा मतदान चल्दै

उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ ।   इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको प्रदेशसभा एक (क) मा