राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै

२०८० चैत २८ बुधबार

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । त्यसका लागि राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।

 

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी उम्मेदवार छन् ।

 

आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण दाहालले दुवै उम्मेदवारका प्रस्तावकहरुलाई पालैपालो निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न दिनेछन् ।

 

एमालेकी घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भगवती न्यौपानेले र कांग्रेसकी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव दुर्गा गुरुङले प्रस्तुत गर्नेछन् ।

 

 

त्यसपछि अध्यक्ष दाहालले दुवै प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । जुन प्रस्ताव बहुमतले पारित हुन्छ, त्यही निर्वाचित हुने संघीय संसद सचिवालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको प्रधानमन्त्री प्रचण्डको भनाई

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।   चिकित्सा

जापानका परराष्ट्रमन्त्री आज नेपाल भ्रमणमा आउँदै

जापानका परराष्ट्रमन्त्री योको कामीकावा आज एक दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।   उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

 इलाम २ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको छ ।   केहीबेरअघि सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त