डडेल्धुरा : ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

२०८१ बैशाख २३ आइतबार

डडेल्धुरा-

 

डडेल्धुरामा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

 

जिल्लाको नवदुर्गा गाउँपालिका-४ सिरोडको भित्री सडकमा बागमती प्रदेश०१-००१क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

दुर्घटनामा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र बनीघाट रोराङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको सूचना अधिकारी कुसुम नायकले बताए ।

उनीहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

 

धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन् । उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

ट्राफिक कारबाहीबाट चार करोड राजस्व सङ्कलन

सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले चालु आवको

कैलाली : हिउँदेबाली उत्पादनमा वृद्धि

 कैलाली-   कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर-   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ।   बाह्य संरक्षण क्षेत्रबाट