ठेउला कि मंकीपक्स हो भनेर कसरी थाहा पाउने

२०८० असार ६ बुधबार

अहिले नेपालमा ठेउला र दादुराको प्रकोप सँगसँगै देखिएको छ। यसैबीच पहिलोपटक मंकीपक्स अर्थात् एमपक्स पनि पुष्टि भएको स्वास्थ्य मन्त्रालयले असार १ गते विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

 

यी तीनवटै संक्रमणहरू हुँदा खासगरी शरीरमा बिबिराहरू देखिन थालेपछि मात्र हामी चिकित्सककहाँ जाने गर्छौं। लक्षणको हिसाबले यी तीनवटै संक्रमणहरूको धेरै हदसम्म मिल्दोजुल्दो लक्षण छन्।

 

ठेउला र दादुरामा पनि मंकीपक्स संक्रमितमा देखिने बिबिराहरू देखिने गर्छ। यसर्थ पनि बिबिरा वा लक्षणहरूको आधारमा मंकीपक्स छुट्याउन गाह्रो हुन्छ।

 

ठेउला भेरीसेला जोसटर भाइरसको कारणले हुने गर्दछ। संक्रमण भएको औसत १४ देखि १६ दिनमा ठेउलाको लक्षण देखिने गर्छ।

 

अझ यसरी बुझौं कि कुनै व्यक्ति ठेउला संक्रमितसँग रहेको औसतमा १४ देखि १६ दिनमा सो व्यक्तिमा ठेउलाको लक्षण देखिन सक्छ। शरीरमा बिबिरा देखिनु १ देखि २ दिन अगाडि सामान्य ज्वरो वा आलस्य हुने गर्छ भने बच्चाहरूमा सिधै बिबिराहरू देखिन सक्छ।

 

ठेउलालाई उच्च तथा तीव्र गतिमा फैलिने संक्रामक रोग मानिन्छ। संक्रमितको थुकको छिटा, फोका/बिबिराबाट निस्किने तरल पदार्थबाट भाइरस सजिलै सर्ने गर्छ। बिबिरा निस्किन रोकिएको २४ घण्टापछि भने बिरामीलाई संक्रमित मानिँदैन। बिबिरा रातो, हल्का उठेको र पछि पानी फोकामा (ब्लिस्टर) परिणत भई फुट्ने गर्छ र यो प्रक्रिया वा चरणहरु एकैपटक शरीरमा देखिने गर्छ। यो छाती, पछाडि, अनुहार हुँदै शरीरभरि देखिने गर्छ।

 

मंकीपक्स अर्थात् एमपक्स अफ्रिकी महादेशमा ५० वर्ष अगाडि नै देखिएको थियो। अफ्रिकी महादेशमा मात्र सीमित रहेको एमपक्स केही वर्षदेखि आयातित रोगको रूपमा अमेरिका युरोपमा पुग्ने गरेको छ।

 

सन् २०२२ मा भने युरोप र अमेरिकामा पनि यो संक्रमण समुदाय स्तरमै फैलिएको थियो। ७५ देशमा झन्डै १६ हजार बढी मानिसमा एमपक्स पुष्टि भएपछि विश्व स्वास्थ्य संगठनले 'अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकाल' घोषणा गरेको थियो। एक महिनाअघि मात्रै विश्व स्वास्थ्य संगठनले एमपक्सलाई 'अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकाल' अन्त्यको घोषणा गरेको थियो।

 

एमपक्स संक्रमितको सम्पर्कमा रहेको पहिलो दिनदेखि २१ दिनसम्ममा लक्षणहरू देखिने गर्छ। ज्वरो आउनु, लिम्फ ग्रन्थी सुन्निनु, घाँटी दुख्नु, जिउ दुख्नु, आलस्य हुनु यसका लक्षण हुन्। तर यस्ता लक्षण देखिएका बिरामीहरू स्वास्थ्यकर्मीसँग जाँच गराउन भने कम जाने गर्छन्। धेरैजसो यस्तो अवस्थामा औषधि पसलमा गएर आफैं औषधि खाने प्रचलन छ।

 

शरीरमा बिबिराहरू देखिन थालेपछि मात्र उपचारका लागि स्वास्थ्यकर्मीकोमा जाने गरिन्छ। एमपक्स संक्रमितमा पनि ठेउलामा जस्तै बिबिरा रातो, हल्का उठ्ने र पछि पानी फोका (ब्लिस्टर) वा पिपमा परिणत भई फुट्ने र पाप्रा भई उप्किने गर्छ।

 

अनुसन्धानहरूले यस्ता घाउ/फोकाहरू बढी गुप्तांग/मलद्वारमा देखिने गरेको देखाएको छ। यद्यपि यस्ता घाउ/फोकाहरू क्रमश: छाती, पेट, अनुहार तथा हात/खुट्टाहरूमा पनि देखिने गर्छ।

 

अधिकांश एमपक्स संक्रमितहरू कुनै न कुनै सहवासमा संलग्न भएको अनुसन्धानले देखाएको थियो। तर संक्रमितको थुकको छिटा, संक्रमितको घाउ/फोकाको तरल पदार्थ, संक्रमितले प्रयोग गरेका सरसामान आदिबाट पनि एमपक्स सजिलै सर्ने गर्छ।

 

यी दुबै संक्रमणको सर्ने तरिका, लक्षण, बिबिराको प्रकृति र फैलने तरिका उस्तै-उस्तै हुँदा ठेउला वा एमपक्स छुट्याउन गाह्रो पर्छ। यसका लागि  प्रयोगशाला परीक्षण नै गर्नुपर्छ। एमपक्स पहिलोपटक नेपालमा पुष्टि भयो भन्दैमा त्रसित वा आत्तिनु पर्दैन। एमपक्सलाई पनि अरू छाला तथा यौन रोगहरू भन्दा पृथक तरिकाले हेरिनु हुन्न। समयमा निदान र उपचार गरियो भने एमपक्सबाट हुनसक्ने जटिलतालाई सजिलै रोक्न सकिन्छ। - डा. शेरबहादुर पुन

प्रतिकृया दिनुहोस

च्याउ जस्तै उम्रेका मिडिया पत्रकार र पत्रकारिता !

  पत्रकारिता पेशा मर्यादा, जवाफदेहिता र उत्तरदायित्व सहितको पेशाको रुपमा लिने गरिन्छ । पत्रकारिता उच्च नैतिकता सहितको आस्था, विश्वास र

जब अभिभावकले भने– अचेल त सन्तानलाई पढाउनै मन लाग्दैन!

गत वर्ष म एकपटक धादिङ पुगेको थिएँ। त्यस समयमा विद्यार्थीहरूका केही अभिभावकसँग कुरा गर्ने अवसर मिल्यो। गफ गर्दै जाँदा थाहा भयो, ती अभिभावकका

‘किसानको पसिनाको न मूल्य छ न कदर’

बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा मेरो घर छ । म २० वर्षदेखि व्यावसायिक कृषि पेशामा आबद्ध छु । यो वर्ष मैले आफ्नो निजी र भाडाको जमिनमा गरेर ६