कञ्चनपुर : नगदसहित ११ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ बिहीबार

कञ्चनपुर-

 

कञ्चनपुरबाट नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन्।

 

भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने ४६ वर्षीय लालबहादुर सिंहले सोही ठाँउमा सञ्चालन गरेको कालीका रेष्टुरेन्ट भित्र जुवातास खेलिरहेको अबस्थामा सञ्चालक सिंहसहित ११ जनालाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त रेष्टुरेन्टबाट उनिहरुलाई नगद ५७ हजार ३२९ र १३१ पत्ति ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए ।

 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस

बेलाैरी : नदीमा डुबेर दुई किशोरको मृत्यु

बेलाैरी, कञ्चनपुर -  कञ्चनपुर स्थित दोदा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।   बेलौरी नगरपालिका ४ शान्तिपुरका स्थानीय किशोर राजेन्द्र कुँवर

सुदूरपश्चिम : विश्वासको मत लिन बाेलाइएकाे प्रदेश सभा बैठक स्थगित

धनगढी-   सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वासको मत लिने प्रयाेजनका लागि दाेस्रोपटक शनिबार बाेलाइएकाे बैठक पनि

बेलाैरी : ब्राइट स्टार बाेर्डिङ स्कुलले मनायो रजत जयन्ती 

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर -   कञ्चनपुरको बेलाैरी नगरपालिका ४ शान्तिपुरमा रहेको ब्राइट स्टार बाेर्डिङ स्कुलले रजत जयन्ती मनाएको छ