कतारका राजा आउँदा सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

२०८१ बैशाख १० सोमबार

 कतारको राष्ट्र प्रमुखसमेत रहेका अमिर अर्थात् राजा शेख तमिम बिन हमाद अल थानीको भ्रमणका क्रममा सरकारले भोलि मङ्गलवार सार्वजनिक बिदा दिएको छ ।

 

आज साेमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका कतारी राजाको सम्मानमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक बिदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा बिदा दिने निर्णय भएको मन्त्री शर्माले बताउनुभयो ।

 

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजाको भ्रमण हुन लागेको हो । यो कतारी राजाको पहिलो नेपाल भ्रमण पनि हो । कतारी राजासँगै मन्त्रीहरू पनि नेपाल भ्रमणमा आउँदैछन् ।

 

कतारका राजाले भोलि नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले पर्सि बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छ । कतारका राजा पर्सि बेलुका नै कतार फर्कनुहुने छ ।

प्रतिकृया दिनुहोस

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।    यसअघि गत आइतबार अदालतले आज पहिलो

नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका संस्थालाई कारबाही गर्ने सरकारको चेतावनी

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ

डीभीको नतिजा आज, यसरी हेर्नुहोस्

अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ ।   शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक