च्याउ जस्तै उम्रेका मिडिया पत्रकार र पत्रकारिता !

२०८१ बैशाख १६ आइतबार

 

पत्रकारिता पेशा मर्यादा, जवाफदेहिता र उत्तरदायित्व सहितको पेशाको रुपमा लिने गरिन्छ । पत्रकारिता उच्च नैतिकता सहितको आस्था, विश्वास र प्रतिबद्धता, इमान, आदर्श र नैतिकताले अन्य पेसामा भन्दा बढी महत्व र अर्थ राख्ने गर्दछ ।

 

पत्रकार समाजको विशिष्ट व्यक्ति भएकोले नै राज्यको चौथो अंगको रुपमा पनि लिने गरिन्छ । पत्रकारिताले उठाएका विषयहरु सत्य तथ्य र वैधानिक हुनु पर्ने हुन्छ ।

 

पत्रकारहरुले उठाइएका विषयवस्तुहरु समाजको चासो र चर्चाको विषय हुनेहुदा सत्य र तथ्यमा आधारित विषयवस्तुहरु उठाउनु पर्ने हुन्छ । पत्रकारिता गर्न र त्यसमा टिकिरहन सामान्य चुनौतिको विषय होइन ।

 

निष्पक्ष, स्वतन्त्र र सत्य समाचार सम्प्रेषण गर्नेहरु छाेटाे समयमा कहिलै चर्चामा आउन सक्दैन । पत्रकारीमा प्रवेश गरेको कहिसमयमा नै चर्चा र पर्चा बटुल्न खोज्नेहरुले अहिलेको पत्रकरितालाई बदनाम गरेको  छ ।

 

च्याउ जस्तै उम्रेका मिडिया पत्रकार अनि पत्रकारिताले कसैको पक्षपोषण गर्ने र कसैको मानमर्दन गर्ने गरेकै कारण अहिलेको पत्रकारिता क्षेत्र बदनाम हुदै गइरहेको छ । पत्रकारहरूले चिया खर्च, पेट्रोल खर्च यातायत खर्चलगायत मागेको गुनासाहरू प्रसस्त सुन्नमा आउने गरेका छन् ।

 

समाचार प्रकाशित गरिदिए बाफत यसरी हात फैलाउनु पत्रकारिता होइन । यस्तै गतिविधिले अहिले पत्रकारिता क्षेत्र अहिले बदनाम बनिरहेको छ ।

 

यसलाई व्यवस्थित गर्न र बदनाम हुनबाट रोक्न सरकार, प्रेस काउन्सिल, सूचना विभाग, पत्रकार महासंघ तथा अन्य निकायले पनि आ–आप्mनो क्षेत्रबाट भूमिका खेल्नु पर्दछ । पत्रकारिता पेसा बदनाम हुनबाट जोगाउन माथि उल्लेखित निकाय मात्र नभएर सिंगो समाजको भूमिका अपरिहार्य हुन्छ ।

 

चिया खर्च, पेट्रोल खर्च यातायत खर्चलगायत खर्च माग्ने पत्रकारहरुलाई किन र केका लागि दिने भन्न सक्नु पर्दछ । आप्mनो कमजोरी ढाकछोप गर्न नै चिया खर्च, पेट्रोल खर्च यातायत खर्चलगायत दिने गरिन्छ ।

 

पत्रकारलाई मागि खाने होइन सामाजप्रति जिम्मवार बनाउन सबैको पहल हुनु जरुरी छ । सूचनाको दुरूपयोग भएमा राज्य र समाजमा हिंसा, द्वन्द्व र अराजकता फैलिन सक्छ ।

 

समाज विखण्डन हुन सक्छ यस कारण पनि पत्रकार समाज, राज्य र समाजका वा राज्यका मानिसप्रति सदैव सचेत, संवेदनशील र जिम्मेवार हुन जरुरी छ । प्रलोभनमा परेर पत्रकारहरु पत्रकारिता कम र चाटुकारिता बढी गर्ने गरेको पाइन्छ ।

 

राजनीतिक दलहरुले पनि पत्रकारहरुलाई प्रयोग गर्दै आएका छन् । दलको भजन गाएर पत्रकारको बिल्ला लगाउनु आफैमा अनैतिक र अमर्यादित काम हो । पार्टी कारितामा लाग्नु नेपाली सञ्चार क्षेत्रको विडम्बना नै बनेको छ ।

 

आजका हरेक जसो मिडिया र पत्रकार कुनै न कुनै राजनीतिक दल, दलका नेता, व्यापारी, माफिया आदिका अघोषित समर्थन र नियन्त्रणमा छन् ।त्यसैले पत्रकारिताको भविष्य माथि नै प्रश्न खडा गरेको छ । तसर्थ आपूmलाई सञ्चारकर्मी हु“ भन्नेहरुले आपूm कुन दिशातर्फ जादै छु भन्ने ख्याल गर्न जरुरी छ । तब मात्र सञ्चार क्षेत्रमा भएका समस्याहरुलाई न्यूनिकरण गर्न सकिन्छ ।

 

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न र बदनाम हुनबाट रोक्न सरकार, प्रेस काउन्सिल, सूचना विभाग, पत्रकार महासंघजस्ता निकायले महत्वपूर्ण भूमिका खेल्न जरुरी छ ।

 

पत्रकारिता पेसा बदनाम हुनबाट जोगाउनु कानुन बनाउन पनि जरुरी छ । लगाम बिनाको घोडा जस्तो पत्रकारिताले सिंगो पत्रकारिता जगत बदनाम भएको छ ।  #विकल्प 

प्रतिकृया दिनुहोस

जब अभिभावकले भने– अचेल त सन्तानलाई पढाउनै मन लाग्दैन!

गत वर्ष म एकपटक धादिङ पुगेको थिएँ। त्यस समयमा विद्यार्थीहरूका केही अभिभावकसँग कुरा गर्ने अवसर मिल्यो। गफ गर्दै जाँदा थाहा भयो, ती अभिभावकका

‘किसानको पसिनाको न मूल्य छ न कदर’

बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा मेरो घर छ । म २० वर्षदेखि व्यावसायिक कृषि पेशामा आबद्ध छु । यो वर्ष मैले आफ्नो निजी र भाडाको जमिनमा गरेर ६

बेलौरी प्रति राज्यको दोस्रो विभेदपूर्ण कदम : पूर्वप्राचार्य जोशी

२०१९ सालमा कञ्चनपुर भन्सार कार्यालय बेलौरीबाट महेन्द्रनगर सारियो भने कैलाली भन्सार कार्यालय त्रिनगर धनगढीमा स्थापना गरियो । दुबै भन्सार