लागू औषध सहित तीन युवक पक्राउ

२०८१ बैशाख १६ आइतबार

कञ्चनपुर-

 

कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रबाट लागू औषध सहित तीन युवक पक्राउ परेका छन ।

 

शनिबार एकै दिन लागू औषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले तीन युवकलाई पक्राउ गरेको हो । 

 

प्रहरी स्रोतका अनुसार खैरो हिरोईन सहित भीमदत्त नगरपालिका ६का हरि जोशी, दार्चुला घर भई महेन्द्रनगर बस्दै आएका गोबिन्द धामी, आनसिह साउदलाई पक्राउ गरिएको छ ।

 

जोशीको साथबाट २१०मिनिग्राम खैरो हिरोईन, धामी र साउदको साथबाट १ग्राम ८६०मिनिग्राम लागू औषध बरामद गरिएको छ ।

 

लागू औषध नियन्त्रण ब्यूरो शाखाका प्रह पदम सिह विष्टको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको छ ।

 

पछिल्ला दिनहरुमा लागू औषध तस्कर बिरुद्धमा ब्यूरोले सकृयतापूर्वक कार्बाही गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस

विद्यालयमा न्यून रकमले धान्दै दिवा खाजा

कैलाली-   कैलालीको एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा सम्झना परियार बिहान ७ बजे घरमा रोटी खाएर विद्यालय आउँछिन् । सम्झनाको  आमा छैनन्, बुवा

जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध भ्रष्टाचार

कञ्चनपुर : खाद्यको अतिक्रमित जमिन खाली गरियो

कञ्चनपुर-   कञ्चनपुरको महेन्द्रनगरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डेढ बिघाभन्दा धेरै जमिन अतिक्रमण गरी बनाइएका संरचना खाली