घाइते अवस्थामा बाघ देखिएपछि वन प्रवेश निषेध

२०८१ बैशाख १५ शनिबार

कञ्चनपुर-

 

शुक्लाफाँटा नगरपालिका–८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्र प्रवेशमा रोक लगाइएको छ।

 

सामुदायिक वनको सलिमा ताल क्षेत्र नजिक बाघ घाइते अवस्थामा देखा परेकाले वन क्षेत्र प्रवेशमा रोक लगाइएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए।

 

 ‘घाइते बाघले जुनसुकै बेला पनि आक्रमण गर्नसक्ने भएकाले उपभोक्तालाई वन क्षेत्रमा जान रोक लगाएका हौँ,’ उनले भने, ‘बाघ के कति कारणले घाइते भएको हो भन्ने बारे जानकारी हुन सकेको छैन।’

 

चुरे क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको वन बाघ लगायतका जनावरको बासस्थानका रुपमा रहेको छ।

 

शुक्रबार मात्रै सो सामुदायिक वन क्षेत्रसँग जोडिएको भगवती सामुदायिक वनमा घाँस काटन गएका अन्दाजी २८ वर्षीय रवीन्द्र धामीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो।

 

धामीको टाउको र हातमा गम्भीर चोट लागेपछि उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना गरिएको छ। रासस

 

 

प्रतिकृया दिनुहोस

जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध भ्रष्टाचार

कञ्चनपुर : खाद्यको अतिक्रमित जमिन खाली गरियो

कञ्चनपुर-   कञ्चनपुरको महेन्द्रनगरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डेढ बिघाभन्दा धेरै जमिन अतिक्रमण गरी बनाइएका संरचना खाली

बेलाैरीमा विपद् व्यवस्थापन समिति र कार्यदल गठन

बेलाैरी,कञ्चनपुर -    बिहीबार बेलाैरी नगरपालिका ७ मा विपद् व्यवस्थापन समिति र कार्यदल गठन गरिएको छ ।    स्थानीय सन्तु राम चाैधरीकाे