मधुमेहको लक्षण, बच्ने उपाय र उपचार

२०८१ बैशाख ९ आइतबार

जीवनशैली, खानपान र वंशाणगत कारण आजकाल मधुमेहका रोगी विश्वभर बढिरहेका छन् । वृद्धवृद्धा मात्र नभई युवा तथा बालबालिका समेत मधुमेहको सिकार भइरहेका छन् । 

 

 

रगतमा चिनीको मात्रा बढ्नुका साथै इन्सुलिनले राम्रोसँग काम नगर्दा यो रोग लाग्ने गर्छ । यसलाई बेवास्ता गरियो भने शरीरका अन्य अङ्गहरू निष्क्रिय हुन सक्छन् । 

 

लक्षण

  1. मुख सुक्खा हुने ।
  2. एकदमै तिर्खा लाग्ने ।
  3. धेरै पिसाब लाग्ने ।
  4. गलेको महसुस हुने ।
  5. खाना बढी रुच्ने ।
  6. खुट्टा पोल्ने ।
  7. खुट्टा झमझमाउने ।
  8. आँखा धमिलो हुने, स्पष्ट नदेख्ने ।
  9. कुनै पनि घाउ निको हुन गाह्रो हुने ।
  10. मुख र घाँटीभित्र बारम्बार घाउ भइरहने ।
  11. धेरै थाकेको महसुस हुनु ।
  12. अचानक तौल घट्नु ।
  13. प्राइभेट पार्ट वरिपरि चिलाउनु ।
  14. ढिलो घाउ निको हुनु ।
  15. पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि ।

 

 

बच्ने उपाय

 

मधुमेह एक गम्भीर रोग हो, जसले जीवनभर समस्या निम्त्याउन सक्छ । मधुमेहबाट पीडित व्यक्तिले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याको सामना गर्नुपर्ने हुन सक्छ । तर, निम्न सावधानी अपनाएमा मधुमेहबाट बच्न सकिन्छ ।

 

  1. मिठाइ तथा गुलियो खानेकुरा कम खानुस् । 
  2. चिनी र कार्बोहाइड्रेटयुक्त खानेकुरा कम खानुस् ।
  3. सक्रिय रहने, नियमित व्यायाम गर्ने, बिहान र बेलुका हिँडडुल गर्नुस् ।
  4. पानी धेरै पिउनुस् । 
  5. मिठो सर्बत र सोडा पेय पदार्थ कम पिउनुस्, सकेसम्म नपिउनुस् ।
  6. आइसक्रिम र क्यान्डी नखानुस् ।
  7. तौल घटाउनुस् र यसलाई नियन्त्रणमा राख्नुस् ।
  8. धुम्रपान र मदिरा सेवन नगर्नुस् ।
  9. उच्च फाइबरयुक्त आहार खानुस् ।
  10. प्रोटिन पनि धेरै मात्रामा उपभोग गर्नुस् ।
  11. भिटामिन डीको कमी हुन नदिनुहोस् । किनभने भिटामिन डीको कमीले मधुमेहको जोखिम बढाउँछ ।
  12. प्रशस्त मात्रामा सागसब्जी खानुस् । 
  13. कम चिल्लो तथा स्वास्थ्यवर्धक तेल प्रयोग गर्नुस् ।
  14. नुन तथा नुनिलो खानेकुराको प्रयोग कम गर्नुस् ।
  15. उचित मात्रामा नियमित समयान्तरमा खाने गर्नुस् ।
  16. दिनमा कम्तीमा दुईदेखि तीन लिटर पानी पिउनुस् । 
  17. रेशादार खानेकुराले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ । साथै रगतमा बोसोे, कोलेस्टेरोलको मात्रा नियन्त्रणमा राख्छ; मुटु रोगको जोखिमलाई कम गर्छ; कब्जियतको समस्या कम गर्छ; आन्द्रा स्वस्थ राख्छ; रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्छ ।
  18. चिल्लोको प्रयोग सकेसम्म कम गर्नुस् । 
  19. आवश्यक वजन बढ्न नदिई ग्लुकोज तथा चिल्लो नियन्त्रणमा राख्न, मुटु तथा रक्तनलीसम्बन्धी विभिन्न समस्याबाट बच्न स्वास्थ्यवर्धक तेल प्रयोग गरौँ, त्यो पनि सकेसम्म कम ।
  20. नौनी, घिउ, बोसो, वनस्पति घिउ, बेकन, नरिवलको तेल आदिको बढी प्रयोगले रगतमा कोलेस्टेरोल बढ्ने तथा मुटुरोग हुने सम्भावना बढी हुन्छ ।
  21. सनफलावर, भटमासको तेल, ओखरको तेल, सनपाटको बियाँ आदिको मात्र प्रयोगले कोलेस्टेरोल (एलडीएल) तथा नराम्रो कोलेस्टेरोल मात्र नभई मुटुका लागि सुरक्षित कोलेस्टेरोल  (एचडीएल) पनि घटाउँछ । हानिकारक कोलेस्टेरोल (एलडीएल) शरीरका लागि कम भएको राम्रो हो । यस्तै कोलेस्टेरोल (एचडीएल) बढी भएको राम्रो हो ।
  22. ओलिभ, तोरीको तेल, बदामको तेल, बदाम, मकैको तेल, काजु स्वास्थ्यका लागि राम्रा हुन्, यिनको पनि कम प्रयोग गर्नुपर्छ ।

 

उपचार 

मधुमेहका धेरै रूप छन् । यीमध्ये मधुमेह टाइप २ सबैभन्दा सामान्य हो । स्वस्थ जीवनशैलीको साथमा मधुमेहको उपचारले यसका जटिलतालाई रोक्नका लागि मद्दत गर्न सक्छ ।

 

टाइप–१ मधुमेहका बिरामीले औषधी र इन्सुलिन लिनुपर्छ । जसको मद्दतले उनीहरू आफ्नो अवस्था नियन्त्रण गर्ने प्रयास गर्छन् । दैनिक व्यायाम, सन्तुलित आहार, समयमै खाजा–नास्ता र तौल नियन्त्रण गरेर टाइप–२ मधुमेहका लक्षणबाट बिनाऔषधी छुटकारा पाउन सकिन्छ । सही आहारको मद्दतले टाइप–२ मधुमेह नियन्त्रण गर्न सकिन्छ । मधुमेह वा मधुमेहका लक्षणहरू देखापरेमा चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । 

 

आफूलाई कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नुहोला । आफूखुसी वा इन्टेरनेटको सहायतामा औषधी सेवन गर्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक असर देखिन सक्छ । 

प्रतिकृया दिनुहोस

ग्यास्ट्रिकबाट बच्ने घरेलु उपाय

ग्यास्ट्रिकलाई मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनिन्छ । आमाशयको भित्रको भागमा सङ्क्रमण देखिएर छाला सुन्निने रोग नै ग्यास्ट्राइटिस हो ।

कुन खानेकुराबाट कस्तो पोषक तत्व पाइन्छ ?

भनिन्छ, खाना नै ओखती हो । अर्थात हाम्रो प्राण बचाउन मात्र होइन, निरोगी राख्न, तन्दुरुस्त राख्न, उर्जावान राख्न पनि खानेकुराकै भूमिका हुन्छ । खानेकुराले

चिया पिउँदा एसिडिटीबाट बच्न के गर्ने ?

 बिहान र साँझको चिया हरेक नेपालीको भान्सामा बनाइन्छ। धेरै मानिसहरू यसको लतमा छन् कि तिनीहरू बिना चिया आफ्नो दिन सुरु गर्न असमर्थ