शिक्षामन्त्री श्रेष्ठद्वारा भीमदत्त नगरका सामुदायिक विद्यालयको अनुगमन 

२०८१ बैशाख ९ आइतबार

कञ्चनपुर-

 

शिक्षा विज्ञान तथा प्रविधीमन्त्री सुमना श्रेष्ठले कञ्चनपुरका तीन सामुदायिक विद्यालयको अवलोकन गरेकी छिन् । आइतबार बिहान भीमदत्त नगरपालिका क्षेत्रका तीन सामुदायिक विद्यालयको अवलोकन गरेकी हुन् । 

 

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका लागि कञ्चनपुर आएकी शिक्षामन्त्री श्रेष्ठले दीक्षान्त समारोह पुर्व भीमदत्त नगरपालिका तीन सामुदायिक विद्यालयको अनुगमन अवलोकन गरेकी हुन् । 

 

राष्ट्रिय स्वतन्त्र पाटीकी नेतृ समेत रहेकी शिक्षा मन्त्री श्रेष्ठले सामुदायिक विद्यालय अनुगमन गर्दै विद्यार्थीसंगै कक्षा कोठामा बसेर सामुदायिक विद्यालयको अनुभव लिएकी छिन्। 

 

रास्वपा सुप प्रदेशका इन्चार्ज ज्ञानेन्द्र सिह महताले भीमदत्त नगरपालिका १८कटानको महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण),भीनपा ४महेन्द्रनगर बैजनाथ मावि र भीनपा ५बनगाँउको सत्यवादी माविको स्थलगत अनुगमन गर्दै शिक्षामन्त्रीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षकहरुलाई निर्देशन दिएको बताए ।

 

रास्वपा नेता महताले शिक्षामन्त्री श्रेष्ठ विद्यार्थी झै कक्षा कोठाको बेन्चमा बसेर स्थलगत कक्षा अवलोकनदेखि शिक्षक अभिभावकसंग बसेर सामुदायिक विद्यालयको स्तर बृद्धिका लागि शिक्षा र मन्त्रालय सरकारले थुप्रै पहल गरेको बताईन् । 

 

शिक्षामन्त्री श्रेष्ठले राज्यकै लगानीमा सञ्चालनमा रहेका विद्यालयको बृद्धि विकासका लागि सरकारले जस्तै शिक्षकले समेत आ–आफ्नोबाट पहल र अभिभावकले समेत भूमिका निर्वाहमा जोडदिएकी थिईन् । शिक्षामन्त्री नै विद्यालयमा आएर कक्षा अवलोकनदेखि शिक्षक, अभिभावकसग छलफल गरेपछि स्थानीयहरु शिक्षामन्त्रीप्रति हर्षित भएका छन् ।

प्रतिकृया दिनुहोस

बेलाैरी : ब्राइट स्टार बाेर्डिङ स्कुलले मनायो रजत जयन्ती 

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर -   कञ्चनपुरको बेलाैरी नगरपालिका ४ शान्तिपुरमा रहेको ब्राइट स्टार बाेर्डिङ स्कुलले रजत जयन्ती मनाएको छ

काठ कटानी प्रकरण : तीन जना विरुद्ध अख्तियारमा उजुरी

कञ्चनपुर-   डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेल सहितका वन कार्यालयका कर्मचारी सामुदायिक वनका पदाधिकारी बिरुद्धमा अख्तियार

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर-   कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।   बेलौरी नगरपालिका-७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका-६ का २८ वर्षीय