कैलाली : सात नदीमा तटबन्ध निर्माण शुरु

२०८१ बैशाख ८ शनिबार

कैलाली-

 

कैलालीको सात वटा नदीमा तटबन्ध निर्माण शुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम शुरु भएको हो ।

 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा  नदी कटान नियन्त्रण तथा रोकथाम गर्न रु १७ करोड छ लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

 

गौरीगङ्गा नगरपालिकास्थित कटैनी नदीमा दुई सय ८०, गौरीगङ्गा दुई सय ३०, शिवगङ्गा एक सय ६५ र कैलालीको घुराहा नदीमा एक सय ५० गरी आठ सय २५ मिटर तटबन्धका लागि रु तीन करोडको ठेक्का सम्झौता भएको छ । 

 

बर्दगोरिगा गाउँपालिकाको काँडानदीमा तटबन्ध निर्माणका लागि रु पाँच करोडको ठेक्का सम्झौता भई काम भइरहेको डिभिजन प्रमुख अमरबहादुर पालले बताउनुभयो ।

 

त्यस्तै कान्द्रा नदीमा तटबन्ध निर्माणका लागि रु नौ करोड, घोडाघोडी नगरपालिका–१० कठैया, ११ मग्रहवा र १२ को अम्बारीमा एक किलो १६ मिटर तटबन्ध निर्माणका काम शुरु भएको डिभिजन प्रमुख पालले बताउनुभयो ।

 

यसैगरी मोहन्याल गाउँपालिका–४ खिमडीस्थित ठूलीगाडमा सात सय ५६ मिटर तटबन्ध निर्माणका लागि रु चार करोडमा ठेक्का सम्झौता भएको छ । डिभिजन कार्यालयका प्रमुख पालले नौ महिना भित्र तटबन्धको काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस

बेलाैरी : ब्राइट स्टार बाेर्डिङ स्कुलले मनायो रजत जयन्ती 

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर -   कञ्चनपुरको बेलाैरी नगरपालिका ४ शान्तिपुरमा रहेको ब्राइट स्टार बाेर्डिङ स्कुलले रजत जयन्ती मनाएको छ

काठ कटानी प्रकरण : तीन जना विरुद्ध अख्तियारमा उजुरी

कञ्चनपुर-   डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेल सहितका वन कार्यालयका कर्मचारी सामुदायिक वनका पदाधिकारी बिरुद्धमा अख्तियार

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर-   कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।   बेलौरी नगरपालिका-७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका-६ का २८ वर्षीय