खैराे हेराेइनसहित दुई भारतीय युवक पक्राउ

२०८० चैत १४ बुधबार

कञ्चनपुर-

 

कञ्चनपुरमा लागुऔषध खैराे हेराेइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

 

बुधबार बिहान पुनर्बास  नगरपालिका-११ डोके बजारबाट भारतकाे बहराइच नानपारा उत्तर प्रदेशका १९ वर्षीय सञ्जय बालमिक र शाहजपुर जिल्ला उत्तर प्रदेशका १९ वर्षीय अर्जुन बालमिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

 

उनीहरू दुवै जनालाई शंका लागेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाे अनुसन्धान समूह (पीआईटी) र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टाेलीले चेकजाँच गरेको थियो ।

 

त्यस क्रममा उनीहरूकाे साथबाट एक ग्राम ७१० मिलिग्राम खैराे हेराेइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।


दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि

बझाङको प्रदेश सभा १ उपनिर्वाचनको मत गणनामा नेकपा एमालेका दमन भण्डारी दोब्बर मतसहित अग्रता कायम राखेका छन् ।   २ हजार ८२२ मत गणना गर्दा उनले १ हजार

अखिल क्रान्तिकारीकाे तालाबन्दी अभियान : कञ्चनपुरका पाँच निजी विद्यालयमा ताला

कञ्चनपुर -    चालू शैक्षिक सत्र ०८१ मा निजी विद्याल (बोडिङ्ग स्कुलहरु) ले मनपरी शुल्क लिएको भन्दै अखिल क्रान्तिकारीले कञ्चनपुरका पाँच निजी

कञ्चनपुरको एक निजी विद्यालयमा तालाबन्दी !

कञ्चनपुर -   अखिल क्रान्तिकारीले कञ्चनपुरको एक निजी विद्यालयमा तालाबन्दी गरेको छ । सत्ताधारी क्रान्तिकारीले महेन्द्रनगरको ईन्टरनेशल स्कुलमा