अध्यक्ष मण्डलले टुंगो लगायो एमाले कञ्चनपुरका पदाधिकारी

२०८० चैत ५ सोमबार

एमाले कञ्चनपुरको नवौ अधिवेशनमा अध्यक्ष मण्डलले पदाधिकारीमा सहमति जुटाएको छ । अध्यक्ष मण्डलले आइतबार जिल्ला पदाधिकारीका उम्मेदवारसित छलफलपछि म्याण्डेट लिएर सहमति जुटाएको हो ।

 

पदाधिकारी उम्मेदवारले अध्यक्ष मण्डलको निर्णय मान्य हुने सहमति गरेका छन् त्यसपछि धनगढी गएर अध्यक्ष मण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीसित परामर्श लिएर पदाधिकारी टुङ्गो लगाएको हो ।

 

‘पदाधिकारीका सबै उम्मेदवारबाट म्याण्डेट लिएर अध्यक्ष मण्डलले पदाधिकारीमा टुङ्गो लगाइ सकेको छ, सदस्यहरुमा करीब सहमति भई सकेको छ’ अध्यक्ष मण्डल निकट स्रोतले भन्यो, साँझसम्म घोषणा हुन्छ ।’

 

अध्यक्ष मण्डल आइतबार अध्यक्ष ओली भेट्न धनगढी गएको थियो । अध्यक्ष ओली परशराम जान धनगढी पुगेका हुन् ।

 

नेताहरुका अनुसार पदाधिकारी उम्मेदवारलाई अध्यक्ष, उपाध्यक्ष, सचिव र उप सचिव टुङ्गो लागेको हो । कार्य वाहक अध्यक्ष लक्ष्मी बुढाको नेतृत्वमा पदाधिकारी टुङ्गो लागेको छ । जिल्ला उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लवराज भट्ट र उप सचिवमा राजीव खड्का र अशोक चन्दमा सहमति जुटेको हो । उप सचिव चन्द अध्यक्षका उम्मेदवार हुन् ।

 

अध्यक्ष ओलीले अधिवेशन उद्घाटनमा बुढा र सचिव भट्टलाई यथावत राख्न निर्देशन दिएका थिए । त्यसपछि अध्यक्ष मण्डलले अध्यक्ष र सचिव बाहेकका अन्य पदमा सहमति जुटाउने प्रयास गरेको थियो ।

 

अध्यक्ष मण्डलको सहमतिपछि उपाध्यक्षबाट विष्णु अवस्थी, विष्णु कँडेल र हिरा चन्द बाहिर बाहिर राखिएका छन् । उपाध्यक्षमा अवस्थी सहित चार जना उम्मेदवार थिए ।

 

सचिवमा कर्ण बहादुर चन्द र राधाकृष्ण जोशी उम्मेदवार हुन् । चन्दले अध्यक्ष मण्डलको सहमतिमा असन्तुष्ट भएका छन् । उनले चुनाव हुनु पर्ने माग राखेर विहान निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् ।

 

आठौं अधिवेशनमा निर्वाचित पदाधिकारीमध्ये चन्द मात्रै बाहिर परेका हुन् । आठौंबाट उपाध्यक्ष निर्वाचित बुढा अध्यक्ष र सचिव भट्ट सचिवमा दोहोरिएका छन् । उप सचिव चन्द बाहिरिएका हुन् ।

 

१ सय २० सदस्यीय जिल्ला कमिटीमा पाँच पदाधिकारी छन् । उप सचिवमध्ये खड्का आठौं अधिवेशनमा सदस्य निर्वाचित भएका हुन् । चन्द सचिवमा पराजित भएका थिए ।

 

उप सचिवमा सबैभन्दा बढी १० जना आकाँक्षी थिए । उप सचिवका उम्मेदवार जगत बहादुर सिंहले अध्यक्ष मण्डलको सबैले मान्नु पर्ने बताए । ‘निर्णयमा कमजोरी होलान, असन्तुष्टि होलान तर पार्टीले निर्णय गरेपछि मान्नु पर्छ’ उनले भने ।

 

अध्यक्ष मण्डलको निर्णयमा असन्तुष्ट नेताहरुले भने पदाधिकारीका उम्मेदवार सहितको बैठकको भावना विपरित सहमति खोजिएको बताए । ‘हिजो अध्यक्ष मण्डलसित जे जसरी सहमति जुटाउने गरी सहमति गरिएको थियो, त्यसको भावना विपरित यो निर्णय आएको छ’ ती नेताहरुले भने,‘सबैलाई मिलाएर लग्नु पर्छ भन्ने भावना विपरित यो निर्णय आएकाले मान्य हुँदैन ।’

 

जिल्ला उपाध्यक्षका उम्मेदवार हिरा चन्दले भने अध्यक्ष मण्डलले गरेको निर्णयमा आफ्नो असन्तुष्टि नरहेको बताए । ‘हिजो उम्मेदवार सहित सबै बसेका थियौ, त्यहाँ अध्यक्ष मण्डलले भनेको निर्णय मान्छौ भनेर सहमति गरेका हौ, त्यस अनुसार मान्नु पर्छ’ उनले भने ।

प्रतिकृया दिनुहोस

इलाममा बिहान ११ बजेपछि र बझाङमा दिउँसोपछि मतगणना शुरु हुने

इलाम र बझाङमा हिजो भएको मतदानको गणनाका लागि आज सर्वदलीय बैठक बस्दैछ ।   इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना गर्नका लागि

उपचुनाव : शान्तिपूर्ण रुपमा मतदान चल्दै

उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ ।   इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको प्रदेशसभा एक (क) मा

डढेलो प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारको निर्देशन

आगलागीबाट घरबास गुमाएका पीडितले खान, बस्न नपाएको गुनासो गरिरहँदा सरकारले तत्काल राहत, उद्धार तथा व्यवस्थापनको काम गर्न सम्बन्धित निकायलाई निर्देशन