सोर्सफोर्स वा बार्गेनिङ गरेको भेटे उजुरी दिन शिक्षामन्त्री श्रेष्ठको आग्रह

२०८० चैत ४ आइतबार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सोर्सफोर्स लगाएर अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवा खोज्नेहरूमाथि कारबाही हुने चेतावनी दिएकी छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मन्त्री श्रेष्ठले सोर्सफोर्स वा बार्गेनिङ गरेको प्रमाण भेटे उजुरी दिन आग्रह गरेकी हुन् ।

 

“कहिँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आए प्रमाणसहित सिधै खबर गर्नुहोला । निर्ममतापूर्वक कारबाही हुनेछ । हामीलाई परिणाम चाहिएको छ,” उनले लेखेकी छिन् ।

 

त्यस्तै शिक्षा मन्त्रालय वा मातहतका निकायमा कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि कसैले सोर्सफोर्स लगाउन खोजे उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइने समेत उनले उल्लेख गरेकी छिन् ।

 

साथै उजुरी प्राप्त हुनासाथ अनुसन्धान गरेर तत्काल कारबाही गरिने समेत उनले स्पष्ट पारेकी छिन् । शिक्षामन्त्रीलाई उजुरी पठाउन complaints@moest.gov.np मा मेल पठाउन सकिनेछ ।

प्रतिकृया दिनुहोस

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु

आजदेखि मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदैछ ।   दुई दिनसम्म चल्ने सम्मेलनको सोकेस मा ९

कक्षा १२ को परीक्षा शुरु

कक्षा १२ परीक्षा देशभर एकैसाथ शुरु भएको छ ।   बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सञ्चालन हुनेछ ।   यसवर्ष परीक्षामा

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ