फिल्म ‘अगस्त्य’ हेर्दा महिला दर्शकलाई टिकटमा छूट

२०८० चैत ३ शनिबार

सौरभ चौधरी निर्देशित फिल्म ‘अगस्त्य’ले प्रदर्शनको तेस्रो सातामा महिला दर्शकलाई टिकटमा छूट दिने घोषणा गरेको छ । निर्माताले शनिबार विज्ञप्ति जारी गर्दै महिलाले समाजमा खेल्ने महत्वपूर्ण भूमिका र योगदानलाई सम्मान गर्दै छूटको व्यवस्था गरिएको जनाएका छन् ।

 

यो फिल्म पनि महिलाको कथाव्यथामा आधारित छ । नेपालबाट भारतमा बेचिने नेपाली महिलाको कथावस्तुमा फिल्म बनेको छ । निर्माताले पहिलो र दोस्रो सातामा सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त भएको र तेस्रो सप्ताहन्तमा समेत राम्रो कमाइ गरेको जनाएका छन् ।

 

निर्देशक चौधरीले भने, ‘शक्तिशाली दृश्य भाषामार्फत हामीले मानव बेचबिखनलाई पेश गरेका छौं ।’ फिल्ममा सौगात मल्ल, मलिका महत, नाजिर हुसेन र प्रमोद अग्रहरिको शीर्ष भूमिका छ ।

 

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेल निर्माता हुन् । फिल्मलाई डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टले संयुक्तरुपमा निर्माण गरेका हुन् ।

प्रतिकृया दिनुहोस

आजदेखि चलचित्र ‘महाजात्रा’ विश्वभर एकसाथ प्रदर्शनमा

आजदेखि नेपाली चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको छ ।   विदेशमा रहेका दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै चलचित्रलाई

नेपाल आउँदै ज्याकलिन

गहनासम्बन्धी रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छन् । आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं

जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

हास्यकलाकार जितु नेपालले सञ्चालन गरिरहेको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ कार्यक्रम बन्द हुने भएको छ । नेपालले ‘मुन्द्रेको कमेडी