जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

२०८० फागुन २२ मंगलबार

हास्यकलाकार जितु नेपालले सञ्चालन गरिरहेको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ कार्यक्रम बन्द हुने भएको छ । नेपालले ‘मुन्द्रेको कमेडी क्लब’ कार्यक्रम बन्द भएको जानकारी दिएका छन् ।

 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आजदेखि कार्यक्रम बन्द भएको जानकारी दिएका हुन् । एक्कासी कार्यक्रम बन्द गर्नुको खास कारण  भने खुलाएका छैनन् ।

 

उनले आज अन्तिम भाग प्रशारण गरेर कार्यक्रम कहिलेसम्मको लागि बन्द हुने उल्लेख गरेका छैनन्। उनले लेखेका छन्,अन्तत ःअअबाट बिदा मागीयो आज अन्तीम भाग। ३ सिजन गरेर १८४ भाग गरीएछ। सबै प्रती आभारी छु। भन्न पर्ने कुरा सबै कार्यक्रममै भनेको छु, एक्कासी बन्द गर्न पर्ने केही कारण चॅाही भनेको छैन अहीले पनि भनिन समय आएपछि भनौला ।’

 

उक्त कार्यक्रम ३ सिजन गरेर १८४ भाग प्रशारण गरिसकेको जनाएको छ । यसअघि २०७८ कात्तिकमा पनि कार्यक्रम बन्द गरेका थिए ।

प्रतिकृया दिनुहोस

आजदेखि चलचित्र ‘महाजात्रा’ विश्वभर एकसाथ प्रदर्शनमा

आजदेखि नेपाली चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको छ ।   विदेशमा रहेका दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै चलचित्रलाई

नेपाल आउँदै ज्याकलिन

गहनासम्बन्धी रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छन् । आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं

फिल्म ‘अगस्त्य’ हेर्दा महिला दर्शकलाई टिकटमा छूट

सौरभ चौधरी निर्देशित फिल्म ‘अगस्त्य’ले प्रदर्शनको तेस्रो सातामा महिला दर्शकलाई टिकटमा छूट दिने घोषणा गरेको छ । निर्माताले शनिबार विज्ञप्ति