रूसमा विमान दुर्घटना हुँदा १५ जनाको मृ*त्यु

२०८० फागुन ३० बुधबार

मंगलबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

 

न्युयोर्क पोस्टले रूसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि  आइएल-७६  विमान जङ्गलमा खसेको जनाएको छ ।  

 

सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रु सहित १५ जना थिए । अझैसम्म यात्रुहरूको परिचय तथा गन्तव्य भने स्पष्ट हुन सकेको छैन ।

 

न्युयोर्क पोस्टले टेलिग्राम च्यानल–११२ मा सम्प्रेषण गरिएको फुटेजमा विमानको एउटा इन्जिनमा आगो लागेको र तीव्र गतिमा उचाइ गुमाएको देखाइएको रिपोर्ट गरेको छ ।

 

अनलाइन समाचार माध्यामहरूले दुर्घटनामा पर्ने सबैको मृत्यु भएको रिपोर्ट गरेका छन् ।

प्रतिकृया दिनुहोस

इजरायलले गाजामा राहत सामग्री पुर्‍याउन तीनवटा मानवीय मार्ग खोल्ने

इजरायलले गाजामा थप राहत सामग्री पुर्‍याउन तीनवटा मानवीय मार्ग खोल्ने भएको छ ।   उत्तरी गाजाको इरेज गेट युद्ध शुरु भएपछि पहिलो पटक अस्थायी रूपमा

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतको केन्द्रीय वित्त मन्त्रालय, राजस्व विभाग मातहतको प्रवर्तन निर्देशनालय (ईडी)

पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी विजयी

पाकिस्तानको राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार