पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी विजयी

२०८० फागुन २७ आइतबार

पाकिस्तानको राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४ सय ११ मत ल्याएर विजयी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएकाे छ । 

 

जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २ सय ५५ मत प्राप्त गरेका छन् । पूर्वी पञ्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट ८ मत, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गरेका हुन् ।

 

जरदारीका प्रतिस्पर्धी विपक्षी दलको संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले कुल १ सय ८१ मत प्राप्त गरेका थिए । निवर्तमान राष्ट्रपति आरिफ अल्वी अस्ति शुक्रवार बिदाइ भएका छन् ।

 

६८ वर्षीय जरदारी सन् २००८ देखि २०१३ सम्म ११ औँ राष्ट्रपति बनेका थिए । जरदारी राष्ट्रपति पदमा दोस्रो पटक निर्वाचित भएका हुन् । गएको फेब्रुअरीमा भएको आम चुनावमा जरदारी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । राष्ट्रपतिमा विजयी भएसँगै उहाँले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्नेछ । 

प्रतिकृया दिनुहोस

इजरायलले गाजामा राहत सामग्री पुर्‍याउन तीनवटा मानवीय मार्ग खोल्ने

इजरायलले गाजामा थप राहत सामग्री पुर्‍याउन तीनवटा मानवीय मार्ग खोल्ने भएको छ ।   उत्तरी गाजाको इरेज गेट युद्ध शुरु भएपछि पहिलो पटक अस्थायी रूपमा

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतको केन्द्रीय वित्त मन्त्रालय, राजस्व विभाग मातहतको प्रवर्तन निर्देशनालय (ईडी)

रूसमा विमान दुर्घटना हुँदा १५ जनाको मृ*त्यु

मंगलबार मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।   न्युयोर्क