कल रिकर्ड वा स्क्रिनसट सार्वजनिक गरे ३ वर्ष जेल र तीनलाख जरिवाना

२०८० फागुन २९ मंगलबार

कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबिच विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी वा संकेत सार्वजनिक गर्न नपाइने भएको छ । 

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था अन्तर्गत यस्तो प्रावधान प्रस्ताव गरिएको हो । जसअनुसार आपसी संवाद यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन पाइने छैन ।

 

विधेयकको दफा ८९ को उपदफा १ मा लेखिएको छ, “कसैले पनि कानून बमोजिम बाहेक विद्युतीय माध्यमबाट कसैको वैयक्तिक विवरण वा सूचना, जानकारी, पत्राचार अनधिकृत रूपमा प्राप्त गर्न, त्यसको गोपनीयता भङ्ग गर्न वा अनधिकृत रूपमा कसैलाई उपलब्ध गराउन हुँदैन ।”

 

दफा ८९ को उपदफा (२) मा कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबिचमा विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी वा संकेत सम्बन्धित व्यक्तिहरूले उजुरी दिएको वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीले आदेश दिएकोमा बाहेक कुनै यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन हुँदैन भनिएको छ ।

 

तर यो नियम सार्वजनिक रूपमा गरिएको भाषण वा वक्तव्यको हकमा भने लागु हुने छैन । प्रचलित कानून बमोजिमको अवस्थामा पनि कुनै पनि सूचना, जानकारी वा पत्राचार सुन्न, ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन सकिने विधेयकमा उल्लेख छ ।

 

यो कसुर गरेको पाइएमा तीन लाख रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रतिकृया दिनुहोस

मोबाइल ह्याक हुनबाट बच्न थाहा पाउनैपर्ने १० उपाय

प्रविधिको विकासले मानिसको जीवन त सहज भएको छ नै, सँगसँगै जोखिम पनि बढ्दै गएको छ । प्रविधिले मानिसको गोपनीयता भंग गर्ने काम पनि गरिरहेको छ । गोपनीयता

नेपालीले अब भारतमा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने

अब नेपाली नागरिकले भारतसहित अन्य देशमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले एकीकृत

इन्स्टाग्राम बन्यो सर्वाधिक डाउनलोड हुने एप

मेटा स्वामित्वको सोसल मिडिया एप इन्स्टाग्राम गत वर्ष सन् २०२३ मा विश्वमा सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको छ ।   चिनियाँ प्रतिस्पर्धी