फोनको स्टोरेज फुल भएमा के गर्ने ?

२०८० फागुन २६ शनिबार

सस्तो वा महँगो जुनसुकै फोन होस्, सबैमा स्टोरेजको समस्या हुन्छ । अहिलेका धेरैजसो एन्ड्रोइड फोनमा १२८ जीबी स्टोरेज दिइएकाे हुन्छ । तर ख्याल गरिएन भने त्यो फुल हुन कत्ति पनि समय लाग्दैन । 

 

आफ्नो फोनलाई उच्च पर्फर्मेन्समा चलाउने तरिकामध्ये स्टोरेजलाई विशेष ध्यान दिनु पनि एक हो । यदि तपाईंको एन्ड्रोइड फोन सुस्त चलिरहेको छ भने यसको कारण स्टोरेज हुन सक्छ । आज हामी महत्त्वपूर्ण फाइलहरू डिलिट नगरी तपाईंलाई स्टोरेज खाली गर्ने तरिका सिकाउँदै छौं:

 

प्रयोगमा नआउने एप डिलिट गर्नुहोस्

 

फोनमा यस्ता एपहरू थुप्रै हुन्छन्, जो कमै मात्र प्रयोगमा आउँछन् । अथवा प्रयोगमा नै आउँदैनन् । फोनको स्टोरेज फुल भए तपाईंले त्यस्ता एप डिलिट गर्न सक्नुहुन्छ । पहिलेका फोनमा कुन एप प्रयोगविहीन छन् भनेर म्यानुअल्ली काम गर्नुपर्थ्यो । तर अहिले यो काम एप आफैंले गर्छ । 

 

-सेटिङमा रहेको एप मेनुमा जानुहोस् । त्यहाँ ‘अनयुज्ड एप्स’ मा ट्याप गर्नुहोस् । 

 

-त्यहाँ केही महिनादेखि प्रयाेगमा नरहेका एपहरू देखिन्छन् । अब तिनलाई डिलिट गरिदिनुहोस् । अथवा सेटिङबाट नै एप स्टोरेजमा गएर साइजमा आधारमा तिनलाई ‘सर्ट’ गर्न सक्नुहुन्छ । एप प्रयोग गरी डाउनलोड गरिएका वा त्यहाँ भएका डेटा पनि त्यही एपमा देखिन्छ । जस्तो: गीतहरू म्युजिकमा, फोटो तथा भिडि‌ओ ग्यालरीमा आदि । यसबाट कुन एपले सबैभन्दा बढी स्टोरेज ओगटेको छ, तिनलाई तपाईंले डिलिट गर्न वा स्टोरेज सम्बन्धी योजना बनाउन सक्नुहुन्छ ।

 

ब्याकअप भएका फोटो डिलिट गर्नुहोस् :

 

गुगल फोटोजले नयाँ फोटो तथा भिडिओलाई स्वत: ब्याकअप गर्छ । सुरक्षितसँग डेटा राख्न यो एक विकल्प पनि हो । तर यसमा ब्याकअप भएका फोटो तथा भिडिओ स्वत: डिलिट भने हुँदैन । किनकी अनावश्यक फोटो तथा भिडिओहरू पनि फोनमा रहन्छन् । यस्ता थुप्रै फोटो तथा भिडिओहरू ब्याकअपमा बसेका हुन सक्छन् । जसले फोनको स्टोरेज पनि लिइरहेको हुन्छ । तर केही ट्यापमा नै तपाईंले ब्याकअपमा बसेका सबै फाइललाई डिलिट गर्न सक्नुहुन्छ । 

 

- गुगल फोटोज खोल्नुहोस् । 

 

-दायाँ माथि भएको आफ्नो प्रोफाइलमा ट्याप गर्नुहोस् ।

 

-अब ‘फ्रि अप स्पेस’ मा ट्याप गर्नुहोस् ।

 

दोहोरिएका पुराना फाइल डिलिट गर्नुहोस् :

 

प्ले स्टोरमा कयौं प्रकारका फाइल म्यानेजर एप भेटिन्छन् । तीमध्ये गुगलको ‘फाइल्स बाइ गुगल’ निकै उत्कृष्ट छ । यसले दोहोरिएका फाइलहरू, धेरै स्पेस लिइरहका एपहरू पहिचान गर्न सक्छ । त्यस्तै प्रयोग नभएका एपहरू अनइन्स्टल गर्न पनि सल्लाह दिन्छ ।

 

यस प्रकारका अन्य एप पनि उपलब्ध छन्, जसलाई प्रयोग गरेर तपाईंले आफ्नो फाइल तथा फुल भएको स्टोरेज व्यवस्थित गर्न सक्नुहुन्छ ।

 

एसडी कार्ड  प्रयोग गर्नुहोस्:

 

धेरै एन्ड्रोइड फोनमा माइक्रोएसडी कार्ड स्लट हुने गर्छ । त्यहाँ मेमोरी वा एसडी कार्ड हालेर तपाईंले फोटो, भिडिओ, एप लगायतका अन्य डेटा प्रयोग गर्न सक्नुहुन्छ ।

 

बजारमा विभिन्न प्रकारका एसडी कार्ड पाइन्छन् । तर तपाईंले ‘ए टू’ (A2) रेटिङ दिइएको कार्ड किन्नु भए राम्रो हुन्छ । किनकी यसले उत्कृष्ट पर्फमेन्स दिनुका साथै एप पनि स्टोरेज गर्छ ।

 

यद्यपि माइक्रो एसडी कार्डहरू फोन वा ट्याब्लेटमा भएका इन्टर्नल स्टोरेजहरू भन्दा केही सुस्त हुन्छन् । यसकारण तपाईंलाई फोनमा धेरै स्पेस चाहिन्छ भने मात्र यो विधि प्रयाेग गर्नुहोस् ।

 

क्लाउडमा फाइलको ब्याकअप राख्नुहोस्:

 

माथिका विकल्पहरू मन पर्दैनन् भने तपाईंले क्लाउडमा आफ्नो फाइल राखेर पनि फोनको स्टोरेज कम गर्न सक्नुहुन्छ । आफ्नो फाइलको व्यवस्थापन गर्न तपाईंले ड्रपबक्स, गुगल ड्राइभजस्ता क्लाउड प्लेटफर्म प्रयोग गर्न सक्नुहुन्छ ।

 

तपाईंले आफ्नो फोनको स्टोरेज प्रयोग नगरी यी क्लाउड स्टाेरेजबाट फाइलहरू डाउनलोड गर्न वा पहुँच पाउन सक्नुहुन्छ ।

 

यदि तपाईंलाई उड स्टोरेजमा विश्वास लाग्दैन भने कम्प्युटर वा कुनै हार्डडिक्समा पनि आफ्नो फाइलहरूलाई स्टोरेज गर्न सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस

वेबसाइट सक्कली वा नक्कली कसरी छुट्याउने ?

गुगल सर्च त हामी सबैलाई नै थाहा छ । अहिले केही विषय आएन भने मात्रै पनि मानिसहरू गुगल सर्च गर्ने गर्छन् । त्यहाँ वेबसाइट देखिन्छ । र त्यहाँ आफूलाई

सपनामा मृ*त्यु भइसकेका मानिस आउनु कस्तो संकेत?

सपना मानिसको जिवनको एक भाग हो । प्राय हामी सुतेको समयमा सपना देख्छौँ । स्वप्नशास्त्रका अनुसार सबै सपनाका आ–आफ्नै महत्व र अर्थ हुन्छन् । सपनाले

अनलाइन बैङ्किङ प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरू !

पछिल्लो समय अनलाइन बैङ्किङको प्रयोग दिन प्रतिदिन बढिरहेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले बढी सुरक्षित हुने भन्दै प्रयोगकर्तालाई डिजिटल