अनलाइन बैङ्किङ प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरू !

२०८० फागुन २४ बिहीबार

पछिल्लो समय अनलाइन बैङ्किङको प्रयोग दिन प्रतिदिन बढिरहेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले बढी सुरक्षित हुने भन्दै प्रयोगकर्तालाई डिजिटल प्लेटफर्म मार्फत नै कारोबार गर्न प्रोत्साहन गरिरहेका छन् ।

 

छिटो र सजिलो माध्यम बनिरहेको अनलाइन बैङ्किङ खाना खाँदादेखि सपिङ गर्दा वा घुम्न जाँदासम्म पनि प्रयोग हुने गर्छ । क्यास पैसा पछिल्लाे समय बाेक्ने चलन नै हराउन लाग्याे भन्दा पनि फरक नपर्ला । तर, कतिपय अवस्थामा अनलाइनबाट कारोबार गरिरहँदा धेरै कुराहरूमा सजग हुनुपर्छ । अन्यथा धेरै अकाउन्टहरू ह्याक भएर पैसा हरायो भन्ने गरेका समाचारहरू पनि दैनिक रूपमा बढिरहेका छन् ।

 

अनलाइन बैङ्किङ प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरू :  

 

– अनलाइन बैङ्किङको प्रयोग गर्नुअगाडि बैङ्कको अनलाइन बैंकिङसम्बन्धी नियम प्रक्रियाबारे सम्बन्धित बैंकसँग वा जानेको व्यक्तिहरूसँग पूर्ण जानकारी लिने ।

 

– अनलाइन बैङ्किङ सेवा प्रयोग गर्दा सम्बन्धित बैङ्कको आधिकारिक वेबसाइट तथा आधिकारिक मोबाइल एप पहिचान गरेर मात्र प्रयोग गर्ने ।

 

– आफ्नो बैङ्क स्टेटमेन्ट नियमित चेक गर्ने ।

 

– आफ्नो बैङ्क खाता नम्बर, पासवर्ड, पिन कोड तथा ओटीपीजस्ता कुराहरू अरूलाई सेयर नगर्ने ।

 

– अनलाइन बैङ्किङको लागि बलियो पासवर्डको प्रयोग गर्ने र समय समयमा आफ्नो पासवर्ड परिवर्तन गरी रहने ।

 

– आफ्नो बैङ्क खातामा कुनै शङ्कास्पद गतिविधि देखिए तुरुन्त बैङ्कमा सम्पर्क गर्ने ।

प्रतिकृया दिनुहोस

वेबसाइट सक्कली वा नक्कली कसरी छुट्याउने ?

गुगल सर्च त हामी सबैलाई नै थाहा छ । अहिले केही विषय आएन भने मात्रै पनि मानिसहरू गुगल सर्च गर्ने गर्छन् । त्यहाँ वेबसाइट देखिन्छ । र त्यहाँ आफूलाई

सपनामा मृ*त्यु भइसकेका मानिस आउनु कस्तो संकेत?

सपना मानिसको जिवनको एक भाग हो । प्राय हामी सुतेको समयमा सपना देख्छौँ । स्वप्नशास्त्रका अनुसार सबै सपनाका आ–आफ्नै महत्व र अर्थ हुन्छन् । सपनाले

फोनको स्टोरेज फुल भएमा के गर्ने ?

सस्तो वा महँगो जुनसुकै फोन होस्, सबैमा स्टोरेजको समस्या हुन्छ । अहिलेका धेरैजसो एन्ड्रोइड फोनमा १२८ जीबी स्टोरेज दिइएकाे हुन्छ । तर ख्याल गरिएन भने