सेन्सर बोर्डले रोक्यो फिल्म ‘रंगेली’

२०८० फागुन १८ शुक्रबार

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्म ‘रंगेली’को शीर्षकमा आपत्ति जनाउँदै सेन्सर पासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।

 

यस विषयमा समितिमा गृह मन्त्रालयको प्रतिनिधित्व गर्ने सेन्सर बोर्डका सदस्य एकदेव अधिकारीले शीर्षकको संवेदनशीलतालाई लिएर आफूहरुले यस्तो कदम लिएको बताए ।

 

रंगेली नगरपालिकामा फिल्म खिचेकाले स्थानीय सरकारको सहमति छ कि छैन भनेर हामीले बुझ्न खोजेका हौं । यसबारे हामी छलफलकै क्रममा छौं । छायांकन भएको थलोको सहमति पत्र ल्याएपछि मात्र उहाँहरुले प्रमाणपत्र पाउनुहुन्छ,’ उनले भने ।

 

उनले फिल्मको विषयवस्तु र गुणस्तरभन्दा पनि शीर्षकप्रति आफूहरुको चासो रहेको बताए । सेन्सर बोर्डका अर्का सदस्य ऋषिराज आचार्यले ठाउँको संवेदनशीलतालाई लिएर आफूहरुले कन्सेन्ट पेपर खोजेको बताए ।

प्रतिकृया दिनुहोस

आजदेखि चलचित्र ‘महाजात्रा’ विश्वभर एकसाथ प्रदर्शनमा

आजदेखि नेपाली चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको छ ।   विदेशमा रहेका दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै चलचित्रलाई

नेपाल आउँदै ज्याकलिन

गहनासम्बन्धी रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छन् । आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं

फिल्म ‘अगस्त्य’ हेर्दा महिला दर्शकलाई टिकटमा छूट

सौरभ चौधरी निर्देशित फिल्म ‘अगस्त्य’ले प्रदर्शनको तेस्रो सातामा महिला दर्शकलाई टिकटमा छूट दिने घोषणा गरेको छ । निर्माताले शनिबार विज्ञप्ति