खाडी मुलुकले लगाए बलिउड फिल्म ‘आर्टिकल ३७०’ लाई प्रतिबन्ध

२०८० फागुन १४ सोमबार

यामी गौतम स्टारर भारतीय फिल्म ‘आर्टिकल ३७०’ लाई मध्यपूर्वका मुलुकले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् । भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको, दर्शक र समीक्षकबाट प्रशंसा बटुलिरहेको यो फिल्मले खाडी मुलुकबाट भने धक्का खेप्नुपरेको हो ।

 

खाडी मुलुकमा प्रतिबन्ध लगाइँदा यसले हिन्दी फिल्मको ठूलो बजारमा प्रवेश पाउनबाट बञ्चित हुनुपरेको छ । यसले फिल्मको समुन्द्रपार व्यापारमा गिरावट आउन सक्छ । यसअघि दीपिका पादुकोण र ऋतिक रोशन स्टारर एरियल(एक्सन फिल्म ‘फाइटर’लाई पनि खाडीमा रोक लगाइएको थियो ।

 

‘आर्टिकल ३७०’ ले भारतीय बक्स अफिसमा पहिलो सप्ताहन्त २५ करोड भारु कमाएको छ । जम्मू-कश्मीरलाई विशेषाधिकार दिने भारतीय संविधानको धारा ३७० खारेज गर्ने नरेन्द्र मोदी सरकारको निर्णयको कथावस्तु यसमा छ । उक्त धारा खारेज गरेपछि जम्मू र कश्मीर दुई अलग राज्य मात्र बने भने यी राज्यमा राष्ट्रपतीय शासन लागू छ ।

 

यो फिल्ममा यामी गौतमले एक स्थानीय जासूसको भूमिका निर्वाह गरेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मले अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, बेलायत र क्यानडामा राम्रो कमाइ गरिरहेको छ ।

 

पछिल्लो समय फिल्म पर्यटनमा कदम चालिरहेका र धेरै भारतीय फिल्म छायांकन हुने मध्यपूर्वमा ‘आर्टिकल ३७०’ माथिको प्रतिबन्ध भने आश्चर्यको कुरा हो । एएनआईका अनुसार यो फिल्म साउदी अरब, यूएई, कतार, ओमान र बहराइनमा प्रतिबन्ध लगाइएको हो ।

प्रतिकृया दिनुहोस

आजदेखि चलचित्र ‘महाजात्रा’ विश्वभर एकसाथ प्रदर्शनमा

आजदेखि नेपाली चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको छ ।   विदेशमा रहेका दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै चलचित्रलाई

नेपाल आउँदै ज्याकलिन

गहनासम्बन्धी रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छन् । आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं

फिल्म ‘अगस्त्य’ हेर्दा महिला दर्शकलाई टिकटमा छूट

सौरभ चौधरी निर्देशित फिल्म ‘अगस्त्य’ले प्रदर्शनको तेस्रो सातामा महिला दर्शकलाई टिकटमा छूट दिने घोषणा गरेको छ । निर्माताले शनिबार विज्ञप्ति