बल्छी धुर्बे र पुकुले गरे अष्ट्रेलियामा ‘हल्का रमाइलो’को छायांकन

२०८० फागुन १४ सोमबार

टेलिभिजन श्रृंखला ‘हल्का रमाइलो’का दर्शकले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको कथावस्तुमा नयाँ एपिसोड हेर्न पाउने भएका छन् । निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले अष्ट्रेलिया पुगेर सिरियलका दुई एपिसोड छायांकन गरेका छन् ।

 

यी दुई एपिसोड बल्छी धुर्बे र अर्की कलाकार पुजन घिमिरे ‘पुकु’ देखिनेछन् । उनीहरुले क्यारेक्टर पोशाकमै त्यहाँ सिरियल खिचेका छन् । सिड्नीको प्रसिद्ध पर्यटकीय थलो ओपेर हाउसअघि पनि उनीहरुले पात्र पहिरनमै श्रृंखला खिचे ।

 

‘हल्का रमाइलो’बाहेक उनले त्यहाँ ‘निर्मोहीको याद आउँछ झट्टै’ बोलको म्युजिक भिडियो पनि छायांकन गरे । यो गीतमा पुकुसहित उनी रोमान्टिक देखिएका छन् । यो गीतको कम्पोजर र एरेन्ज एचबीएन किस्मतले गरेका हुन् भने राजु सुनामले गीत लेखेका हुन् ।

 

यसबाहेक उनले त्यहाँ विद्यार्थीको वास्तविक समस्याबारेको सिरिज पनि खिचेका छन् । तीन साता लामो अष्ट्रेलिया बसाइपछि बल्छी धुर्बे र पुकु सोमबार काठमाडौं आउँदैछन् ।

प्रतिकृया दिनुहोस

आजदेखि चलचित्र ‘महाजात्रा’ विश्वभर एकसाथ प्रदर्शनमा

आजदेखि नेपाली चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको छ ।   विदेशमा रहेका दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै चलचित्रलाई

नेपाल आउँदै ज्याकलिन

गहनासम्बन्धी रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छन् । आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं

फिल्म ‘अगस्त्य’ हेर्दा महिला दर्शकलाई टिकटमा छूट

सौरभ चौधरी निर्देशित फिल्म ‘अगस्त्य’ले प्रदर्शनको तेस्रो सातामा महिला दर्शकलाई टिकटमा छूट दिने घोषणा गरेको छ । निर्माताले शनिबार विज्ञप्ति