डिसेम्बरदेखि ‘पठान २’ को छायांकन गर्दै शाहरुख

२०८० फागुन ८ मंगलबार

यशराज फिल्म्सको जासूस ब्रह्माण्ड ‘पठान’बाट शाहरुख खान गतवर्ष एक्सन फिल्मतिर मोडिए । सिद्धार्थ आनन्द निर्देशित यो फिल्मले गतवर्ष उछाल कमाइ गर्‍यो । संकटमा फसेको बलिउडलाई समेत यसले उद्द्धार गर्‍यो ।

 

शाहरुखसहित दीपिका पादुकोण र जोन अब्राहमको शीर्ष भूमिका रहेको फिल्मले ‘बाहुबली २’ को कलेक्सनलाई समेत उछिन्दै धेरै कमाउने ग्रसर फिल्मको रुपमा रेकर्ड रच्यो । भविष्यमा पनि सिक्वेल बनाउने बाटो खुला गर्दै ‘पठान’को पहिलो भाग टुंगिएको थियो । स्वभाविक रुपमा, युनिभर्सको उद्देश्य नै धेरैभन्दा धेरै श्रृंखला र चरित्र हुनु हो ।

 

बलिउड पोर्टल पिंकभिल्लाका अनुसार शाहरुख जासूसको रुपमा पुनः फर्किन तयार छन् । निर्माता आदित्य चोपडाले आफ्नो महत्वाकांक्षी प्रोजेक्टको रुपमा घोषणा गरेको ‘पठान’को दोस्रो श्रृंखला बन्ने निश्चित भएको छ । फिल्मको छायांकन आउँदो डिसेम्बरदेखि सुरु हुने जनाइएको छ ।

 

स्पाइ-युनिभर्सको यो नयाँ फिल्मले पठान भर्सेस टाइगरको कथावस्तुलाई अघि बढाउनेछ । यो फिल्ममा शाहरुख र सलमान एकसाथ देखिनेछन्, जसको पहिलो झलक अघिल्लो श्रृंखलामा आइसकेको छ ।

 

जनवरी २०२३ मा ‘पठान’ रिलिज हुनेबित्तिकै शाहरुख र आदित्यले यो फिल्मलाई स्पिनअपको रुपमा बनाउने निर्णय लिएका थिए । ‘पठान’ यशराज ब्यानरले निर्माण गरेको स्पाइ युनिभर्सको आठौं फिल्म हो । यो युनिभर्समा एक था टाइगर, टाइगर जिन्दा है, वार, पठान, टाइगर ३, वार २ र आलिया भट्ट स्टारर अनटाइटल फिल्म छन् ।

 

पठान’ स्पाइ युनिभर्समा सर्वाधिक ५४० करोड कमाउने फिल्म हो । यसले विश्वभर एक हजार करोड भारु कमाइ गरेको छ ।

प्रतिकृया दिनुहोस

आजदेखि चलचित्र ‘महाजात्रा’ विश्वभर एकसाथ प्रदर्शनमा

आजदेखि नेपाली चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको छ ।   विदेशमा रहेका दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै चलचित्रलाई

नेपाल आउँदै ज्याकलिन

गहनासम्बन्धी रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छन् । आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं

फिल्म ‘अगस्त्य’ हेर्दा महिला दर्शकलाई टिकटमा छूट

सौरभ चौधरी निर्देशित फिल्म ‘अगस्त्य’ले प्रदर्शनको तेस्रो सातामा महिला दर्शकलाई टिकटमा छूट दिने घोषणा गरेको छ । निर्माताले शनिबार विज्ञप्ति