दयाहाङ र मिरूनाको 'घर ज्वाई' को छायांकन सुरु

२०८० फागुन ६ आइतबार

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरले फिल्म घर ज्वाई को छायांकन सुरू गरेका छन् । 

 

निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गर्दै छायांकन थालिएको हो । मगर संस्कृतिमा आधारित हुने फिल्म पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटनलगायतका स्थानमा खिचिने छ। करिब ३५ दिनको सेड्युल राखिएको छ ।

 

अनिल बुढामगर निर्देशित फिल्ममा दयाहाङ र मिरूनासँगै बुद्धि तामाङ, शिशिर वाङ्देल, पुस्कर गुरुङ, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खडुगबहादुर पुन (खबपु), सोनाम लामा, विवेश बुढा, सुनील मगरलगायत कलाकारको अभिनय रहनेछ ।

 

यो फिल्म असार २८ गतेदेखि प्रदर्शन हुनेछ ।

प्रतिकृया दिनुहोस

आजदेखि चलचित्र ‘महाजात्रा’ विश्वभर एकसाथ प्रदर्शनमा

आजदेखि नेपाली चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको छ ।   विदेशमा रहेका दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै चलचित्रलाई

नेपाल आउँदै ज्याकलिन

गहनासम्बन्धी रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छन् । आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं

फिल्म ‘अगस्त्य’ हेर्दा महिला दर्शकलाई टिकटमा छूट

सौरभ चौधरी निर्देशित फिल्म ‘अगस्त्य’ले प्रदर्शनको तेस्रो सातामा महिला दर्शकलाई टिकटमा छूट दिने घोषणा गरेको छ । निर्माताले शनिबार विज्ञप्ति