जुनियर एनटीआरको ‘देवारा’ दशैंको फूलपातीमा रिलिज हुने

२०८० फागुन ५ शनिबार

जुनियर एनटीआर, सैफअली खान र जान्ह्वी कपुर स्टारर प्रतीक्षित भारतीय फिल्म ‘देवारा’ आगामी दशैंको फूलपातीमा रिलिज हुने भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै १० अक्टोबर (असोज २४) गतेलाई रिलिज मिति घोषणा गरेका हुन् 

 

दुई भागमा प्रदर्शन हुने यो फिल्मलाई दक्षिण भारतको प्रतीक्षित फिल्मको सूचीमा राखिएको छ ।

 

दशैं छेकोमा पाँच नेपाली फिल्मले प्रदर्शनको घोषणा गरिसकेका छन् । जसमा दीपकराज गिरीको ‘छक्कापञ्जा ५’, नीता ढुंगानाको ‘ह्रस्वदीर्घ’, सन्तोष सेनको ‘बलिदान’, निश्चल बस्नेतको ‘बेहुली फ्रम मेघौली’ र दिनेश राउतको ‘गाउँ नै रमाइलो’ दशैंमा आउने बताएका छन् ।

 

दक्षिण भारतीय स्टारको फिल्म आउँदा यसले नेपाली बक्स अफिसमा स्वदेशी फिल्मलाई चुनौती हुने देखिन्छ । किनभने पछिल्ला वर्षहरुमा भारतीय फिल्मका कारण नेपाली फिल्मले मार खेप्दै आएका छन् । ‘देवारा’को कुरा गर्दा यो तेलुगू भाषाको एक्सन-ड्रामा फिल्मलाई कोर्ताला सिवाले निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

आजदेखि चलचित्र ‘महाजात्रा’ विश्वभर एकसाथ प्रदर्शनमा

आजदेखि नेपाली चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आएको छ ।   विदेशमा रहेका दर्शकको बढ्दो चासोलाई मध्यनजर गर्दै चलचित्रलाई

नेपाल आउँदै ज्याकलिन

गहनासम्बन्धी रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छन् । आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं

फिल्म ‘अगस्त्य’ हेर्दा महिला दर्शकलाई टिकटमा छूट

सौरभ चौधरी निर्देशित फिल्म ‘अगस्त्य’ले प्रदर्शनको तेस्रो सातामा महिला दर्शकलाई टिकटमा छूट दिने घोषणा गरेको छ । निर्माताले शनिबार विज्ञप्ति