अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ६ विकेटले हरायो

२०८१ बैशाख २२ शनिबार

पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज 'ए' लाई छ विकेटले हराएको छ । वेस्ट इन्डिज 'ए' ले दिएको एक सय ७३ रनको लक्ष्य नेपालले १८ ओभर पाँच बलमा ४ विकेट गुमाएर भेट्टायो ।

 

नेपालका लागि अनिलकुमार साह र आसिफ शेखले अर्धसतक बनाए । अनिलले ५८ र आसिफले ५१ रन बनाएका हुन् । यस्तै कुशल मल्लले अविजित ३७ रन बनाए । वेस्ट इन्डिज ‘ए’ का लागि ओबेद मक्कोले तीन र म्याथ्यू फोर्डले एक विकेट लिए ।

 

यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि कप्तान रोस्टन चेसले ३३ र एलिक एथेनाजले अविजित ४२ रन बनाए । नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान तीन विकेट लिए । अविनाश बोहोराले एक विकेट लिए ।

 

शृङखला भने वेस्ट इन्डिजले यसअघि नै जितिसकेको छ । नेपालको आजको जितसँगै पाँच खेलको शृङ्खला ३–२ मा सकिएको छ । अस्ति भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको थियो । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । त्यसपछि दोस्रो खेलमा नेपाल १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

 

यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । टोलीको हिजो बिदाइ गरिएको छ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज 'ए" सँग पाँच खेलको शृङ्खला खेलेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ ।

 

अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुनमा हुने टी–२० विश्वकपका लागि राष्ट्रिय टोली दुई चरणमा भोलि फ्लोरिडा जाने तालिका छ । टी–२० विश्वकपमा नेपाल समूह 'डी' मा छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । 

प्रतिकृया दिनुहोस

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।    न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले

हिजाे हेर्दाहेर्दैमा रहेको मुद्दा आज सुनुवाइ हुँदै

काठमाडौं -   क्रिकेटर सन्दीप लामिछानेको मुद्दाकाे आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।   मुद्दाको मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट

आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् ।   यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८