आईपीएल क्रिकेटमा आज गुजरात र बेंगलुरु खेल्दै

२०८१ बैशाख २२ शनिबार

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् ।

 

बेंगलुरुमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । गुजरात १० खेलमा ८ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । त्यस्तै बेंगलुरु १० खेलमा ६ अङ्कसहित तालिकाको पुछारमा छ ।

 

सन् २०२२ मा गुजरात आफ्नो पहिलो सिजनमै विजेता र गएको सिजन उपविजेता बनेको थियो । त्यस्तै बेंगलुरु सन् २०१६, २०११ र २००९ मा उपविजेता बनेको थियो । बेंगलुरुले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

 

उसलाई प्लेअफको सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्स्लाई २४ रनले हराएको थियो । 

प्रतिकृया दिनुहोस

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।    न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले

हिजाे हेर्दाहेर्दैमा रहेको मुद्दा आज सुनुवाइ हुँदै

काठमाडौं -   क्रिकेटर सन्दीप लामिछानेको मुद्दाकाे आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।   मुद्दाको मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट

आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् ।   यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८