सुदूरपश्चिम : मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै दुई सांसदको दाबी पेस

२०८१ बैशाख ३ सोमबार

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाटै दुई जनाले दाबी पेस गरेका छन् ।

 

नेपाली कांग्रेसको समर्थनमा लक्ष्मणकिशोर चौधरी र नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको समर्थनमा कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । कैलाश केन्द्रीय सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुनुहुन्छ भने लक्ष्मणकिशोर संरक्षक रेशम चौधरी पक्षका हुनुहुन्छ ।

 

लक्ष्मणकिशोर चौधरीले  प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका छ र नेकपा (एकीकृत समाजवादी) का चार जनाको समर्थन रहेको दाबी पेस गर्नुभएको छ । कैलाश चौधरीले पनि आफ्नै दलका छ जना र एकीकृत समाजवादीसमेतको समर्थन आफूलाई रहेको दाबी गर्नुभएको छ ।

 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ जना सांसदको आवश्यक पर्छ । प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका छ र एकीकृत समाजवादीका चार जना सांसद छन् ।

 

त्यस्तै राप्रपाका एक जना र तारा जोशी स्वतन्त्र सांसदका रूपमा हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले सुदूरपश्चिम प्रदेश सरकार गठनमा समेत उथलपुथल भएको छ ।

प्रतिकृया दिनुहोस

काठ कटानी प्रकरण : तीन जना विरुद्ध अख्तियारमा उजुरी

कञ्चनपुर-   डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेल सहितका वन कार्यालयका कर्मचारी सामुदायिक वनका पदाधिकारी बिरुद्धमा अख्तियार

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर-   कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।   बेलौरी नगरपालिका-७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका-६ का २८ वर्षीय

तरकारीले बजार नपाउँदा किसान मर्कामा

कञ्चनपुर-   कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान यज्ञराज गौतमले सात कठ्ठा जग्गामा तरकारीखेती गर्नुभएको छ।   नले बारीमा लौका,