आजदेखि नयाँ वर्ष २०८१ शुरु

२०८१ बैशाख १ शनिबार

 आज नयाँ वर्ष २०८१ सालको पहिलो दिन, देश र विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउँदैछन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

 

हरेक वैशाख १ गते शुरु हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विक्रम संवतको पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ ।

 

नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ । यस्तै आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ ।

 

आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता -असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता पाउनको लागि योजना निर्माण एवम् सङ्कल्प गर्ने गर्छन् । आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, तथा आफन्त, परिवार र साथीभाईसँग भेटघाट गर्दै मिस्ठान्न भोजन बनाएर खाने चलन छ । 

प्रतिकृया दिनुहोस

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।    यसअघि गत आइतबार अदालतले आज पहिलो

नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका संस्थालाई कारबाही गर्ने सरकारको चेतावनी

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ

डीभीको नतिजा आज, यसरी हेर्नुहोस्

अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ ।   शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक