बन्धक बनाइएका चार बङ्गलादेशीको उद्धार

२०८० चैत १० शनिबार

बङ्गलादेशी नागरिकलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ ।

 

विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गए राति उनीहरूलाई उद्धार गरी उक्त अपराधमा संलग्न चार जनालाई पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।

 

काठमाडौँ महानगपालिका–१६ पकनाजोलस्थित निभाना ग्रीन पिस होम नामक होटलको कोठामा बन्धक बनाएर राखेको अवस्थामा उनीहरूको उद्धार गरिएको हो । उनका अनुसार उक्त कार्यमा संलग्न रहेका बङ्गलादेशी नागरिक नुरूल हुडा, सामिम अहमद, एमडी मासुम बिल्लाह र प्रणय कुमारलाई पक्राउ गरिएको हो ।

 

गिरोहले पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगदसमेत लगेर जबर्जस्ती बन्धक बनाइराखेको पीडितहरूले प्रहरीमा बयान दिएका छन् ।

 

उनीहरूमाथि अपहरण तथा कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको पोखरेलले बताए । पीडितहरूलाई नेपालस्थित बङ्गलादेशी राजदूतावासमार्फत पठाइने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु

आजदेखि मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदैछ ।   दुई दिनसम्म चल्ने सम्मेलनको सोकेस मा ९

कक्षा १२ को परीक्षा शुरु

कक्षा १२ परीक्षा देशभर एकैसाथ शुरु भएको छ ।   बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सञ्चालन हुनेछ ।   यसवर्ष परीक्षामा

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ