कञ्चनपुर : सिकारीकाे पासाेमा चितुवा फस्याे

२०८० चैत ९ शुक्रबार

कञ्चनपुर -


कञ्चनपुरको चुरे वन क्षेत्रमा शिकारीको पासोमा एक चितुवा परेको छ । कृष्णपुर नगरपालिका १ मोतिपुरमा शिकारीको पासोमा एक चितुवा परेको हो ।

 

दिपेन्द्र स्मृति सामुदायिक वन क्षेत्रमा शिकारीले थापेको पासोमा चितुवा परेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ । डिभिवन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कँडेलले शिकारजन्य गतिविधिमा संलग्न गिरोहले वन्यजन्तु मार्नका लागि बिछाएको जालोमा चितुवा परेको बताए । 


‘चितुवा परेको खबर हामीलाई हिजै राती आएको थियो, ‘उनले भने, ‘उद्दारका लागि राती सम्भव भएन, प्राविधिक टोली लगेर उद्दार गछौँ ।’ अहिलेसम्म चितुवाको स्वास्थ्य अवस्था ठिकै रहेको र खुट्टामा चोट लागेको अनुमान गरेको उनले बताए । ‘शुरुमा हामी उद्दार गर्दै उपचार गछौँ, त्यसपछि निकुञ्ज वा कहाँ कुन वनमा लगेर छाड्ने विषयमा अवस्था अनुसार अघि बढ्छौँ ।’ संरक्षणकर्मीहरुले समयमै चितुवाको उद्दार हुनुपर्ने बताएका छन् ।

 

संरक्षणकर्मी एवं सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले उद्दारमा ढिलाई गर्न नहुने बताए । उनले एकातिर वन संरक्षणले वन्यजन्तुको गतिविधि बढिरहेको र अर्कातिर शिकारी तस्कर समुहले वन, वन्यजन्तु संरक्षण चुनौती थपिदिएको भन्दै त्यसतर्फ सरोकारवालाको ध्यानाकर्षण गराए ।

 

संरक्षणकर्मीहरुले जिल्लाको उत्तरी चुरे ब्रम्हदेबदेखि मालुबेलासम्म चोरीतस्करी जस्ता वन, वन्यजन्तु अपराध बढिरहेकाले नियन्त्रणमा जोडदिएका छन् । यसरी पासो थाप्ने शिकारी समुहको पहिचान गरेर कार्बाहीको समेत माग अघि सारिएको छ । 

 

प्रतिकृया दिनुहोस

बेलाैरीमा विपद् व्यवस्थापन समिति र कार्यदल गठन

बेलाैरी,कञ्चनपुर -    बिहीबार बेलाैरी नगरपालिका ७ मा विपद् व्यवस्थापन समिति र कार्यदल गठन गरिएको छ ।    स्थानीय सन्तु राम चाैधरीकाे

चट्याङ लागेर बालकको मृ*त्यु,३ जना घाइते

अछाम-   अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारी

कञ्चनपुर : सेफ्टी ट्याङ्कीमा खसेर बालकको मृ*त्यु

कञ्चनपुर-   कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ।   कृष्णपुर नगरपालिका–३ चित्रपुर बस्ने शिवा रानाको छोरा अन्दाजी १ वर्ष