रुसी सेनामा भर्ना भएका धेरै नेपाली फर्किन मानेनन् : राजदूत नोभिकोभ

२०८० चैत ७ बुधबार

नेपालका लागि रुसका राजदूत अलेक्सेई नोभिकोभले नेपाली युवा स्वेच्छाले रुसी सेनामा भर्ना भएको र धेरैले फर्किन नमानेको बताउनुभएको छ ।

 

आज अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा राजदूत नोभिकोभले रुसी सेनामा रहेका धेरै नेपाली फर्किने मनस्थितिमा नरहेको बताउनुभएको हो । द्विपक्षीय सम्झौताविनै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा अर्थमन्त्री पुनले राख्नुभएको चासोमा राजदूत नोभिकोभले नेपालीलाई बोलाएर सेनामा भर्ती नगरेको तर्क गर्नुभयो ।

 

रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको खबर आफूले पाएको उहाँको दाबी छ । राजदूत नोभिकोभले युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी गराउनुभयो ।

प्रतिकृया दिनुहोस

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु

आजदेखि मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदैछ ।   दुई दिनसम्म चल्ने सम्मेलनको सोकेस मा ९

कक्षा १२ को परीक्षा शुरु

कक्षा १२ परीक्षा देशभर एकैसाथ शुरु भएको छ ।   बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सञ्चालन हुनेछ ।   यसवर्ष परीक्षामा

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ