एसईई परीक्षाको तयारी पूरा

२०८० चैत ७ बुधबार

राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ वटा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए ।

 

यस वर्ष देशभरबाट झन्डै पाँच लाख जना विद्यार्थी एसईईमा सहभागी हुनेछन् । परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र ७६ वटा जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको र काठमाण्डौ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाउने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन् ।

 

नयाँ लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा आएकोले यस वर्षदेखि सबै बिषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याइकन कक्षा ११ मा भर्ना हुन पाइने छैन । प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउनैपर्छ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने छन् ।

प्रतिकृया दिनुहोस

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु

आजदेखि मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदैछ ।   दुई दिनसम्म चल्ने सम्मेलनको सोकेस मा ९

कक्षा १२ को परीक्षा शुरु

कक्षा १२ परीक्षा देशभर एकैसाथ शुरु भएको छ ।   बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सञ्चालन हुनेछ ।   यसवर्ष परीक्षामा

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ