‘हाइप्रोफाइल’ संलग्न मुद्दाको सुनुवाइ अनलाइबाट प्रत्यक्ष प्रसारण गरिने

२०८० चैत ४ आइतबार

विशेष अदालतले ‘हाइप्रोफाइल’ संलग्न मुद्दाको बहस अनलाइनबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । अदालतलाई डिजिटाइजेसन गर्ने उद्देश्य अनुरूप जनचासो रहेका मुद्दाको बहस अनलाइनबाट प्रसारण गरिन लागेको हो ।

 

यसका लागि सर्वोच्च अदालतसँग अनुमति मागिएको विशेष अदालतका प्रवक्ता एवं उपरजिष्ट्रार धनबहादुर कार्कीले बताए । उनका अनुसार सबै काम योजना अनुरूप भए चैत महिनाभित्रै प्रत्यक्ष प्रसारणको काम सुरु हुनेछ ।

 

“हाइप्रोफाइल व्यक्तिहरू सम्मिलित मुद्दामा धेरैको चासो हुनाले सुनुवाइ हुँदा इजलास भरिभराउ हुने गरेको छ । अब के-कसरी गर्ने भनेर निश्चित भएपछि हामी बहस लाइभ गर्छौं । अहिले प्राविधिक तयारी गरिरहेका छौं,” उनले टेकपानासँग भने ।

 

सुनुवाइको प्रत्यक्ष प्रसारण गर्दा सर्वसाधारणलाई अदालती प्रक्रियाबारे जानकारी समेत हुने विश्वास गरिएको छ । विशेष अदालतले यसअघि बकपत्र भर्चुअल रूपमा हुने व्यवस्था गरिसकेको छ । अब त्यसलाई थप व्यवस्थित गर्ने र कानून व्यवसायीले घरबाटै बहस गर्न सक्नेजस्ता सुविधा थप्ने अदालतकाे योजना छ ।

प्रतिकृया दिनुहोस

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु

आजदेखि मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदैछ ।   दुई दिनसम्म चल्ने सम्मेलनको सोकेस मा ९

कक्षा १२ को परीक्षा शुरु

कक्षा १२ परीक्षा देशभर एकैसाथ शुरु भएको छ ।   बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सञ्चालन हुनेछ ।   यसवर्ष परीक्षामा

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ