सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति

२०८० चैत २ शुक्रबार

सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयका सह–सहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समिति र लघुवित्त पीडितबीच आज सहमति भएको हो ।

 

अर्थ मन्त्रालयमा भएको सहमतिसँगै सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । सहमतिको पहिलो बुँदामा लघुवित्त वित्तीय संस्थालाई थप सेवामुखी संस्थाको रूपमा सञ्चालन गर्न नीतिगत एवम् कानुनी व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने उल्लेख छ ।

 

लघुवित्त वित्तीय संस्थाले ऋणीसँग तोकिएको अधिकतम ब्याजदर र सेवा शुल्कमात्र लिन पाउने व्यवस्था कडाइका साथ लागू गराउने, एक जना ऋणीले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन र दिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने सहमतिपत्रमा उल्लेख छ ।

 

ऋण तिर्न नसक्ने (घाइते, अपाङ्गता भएका, दीर्घ रोगी) एवम् वास्तविक पीडितको कर्जा मिनाहालगायतका विषयमा स्थलगत अध्ययन गरी समाधानका विकल्प खोजीका लागि कार्यदल बनाउने सहमति भएको छ ।

 

यस्तै महाभूकम्प, नाकाबन्दी तथा कोभिड–१९ को समस्या एवम् लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह एवम् असुली गर्दा पालना गर्नुपर्ने कार्यविधि तथा निर्देशन विपरीत कार्यलगायतका कारणले समयमा किस्ता बुझाउन नसक्ने ऋणीको सावाँ, ब्याज, शुल्क, जरिबाना, कालोसूची एवम् धितो फुकुवाजस्ता समस्यामा स्थलगत अध्ययन गरी समाधानका विकल्प खोज्ने सहमति भएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु

आजदेखि मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदैछ ।   दुई दिनसम्म चल्ने सम्मेलनको सोकेस मा ९

कक्षा १२ को परीक्षा शुरु

कक्षा १२ परीक्षा देशभर एकैसाथ शुरु भएको छ ।   बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सञ्चालन हुनेछ ।   यसवर्ष परीक्षामा

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ